कोशीका मुख्यमन्त्रीलाई ९० लाख रुपैयाँ ऋण

Radio Nagarik 100.4 MHz मंगलबार, चैत्र २८, २०७९

विराटरनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई जग्गा किन्न लिएको ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ । भ्रष्टाचार निवारण ऐन–२०५९ अनुसार ’सार्वजनिक पद धारण गरेका व्यक्तिले पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सम्बन्धित अधिकारीसमक्ष बुझाउनुपर्नेछ प्रावधान अनुसार उनले जग्गा किन्न लिएको ९० लाख ऋण तिर्न बाँकी रहेको जनाएको छ ।’ मुख्यमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका गर्दा मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरणमा झापाको गौरादहमा सगोलमा रहेका २ वटा घर देखिएका छन् । दाजु दीपक कार्की र उनको नाममा गौरादह–१ र गौरादहमा पक्की घर छन् जुन पैतृक सम्पत्तिबाट प्राप्त भएको विवरणमा उल्लेख छ । त्यस्तै श्रीमती अन्जना पाण्डे कार्कीको नाममा ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा ७ आना र ९ आनाका २ वटा घडेरी रहेका छन् । २०७७ सालमा १ करोड ४० लाखबराबरको उक्त घडेरी किन्न एभरेस्ट बैंकबाट ९० लाख ऋण लिइएको विवरणमा उल्लेख छ ।
त्यस्तै मुख्यमन्त्री कार्कीको नाममा विभिन्न बैंकमा खाता भए पनि मौज्दात भने न्यनूतम भएको उल्लेख छ । त्यस्तै पैतृक सम्पत्तिको बिक्रीबाट कार्की दम्पतीले करिब ३३ लाखबराबरको विभिन्न कम्पनीमा शेयर किनेका छन् । जग्गा किन्न लिएको ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको पनि मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!