जसपालाई उपराष्ट्रपति दिने औपचारिक सहमति गरिसकेका छैन

Radio Nagarik 100.4 MHz शुक्रबार, फाल्गुण २६, २०७९

विराटनगर । नेपाली काग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिने औपचारिक सहमति आठ दलिय गठबन्धनमा नभएको बताएका छन् ।
उनले ८ दलको बीचमा जसपालाई उपराष्ट्रपति दिने विषय प्रवेश नगरेको बताए ।उनले भने –‘ अहिले उपराष्ट्रपतिको विषयमा गठबन्धनमा प्रवेश गरिसकेका छैन ,। त्यसैले बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’
उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी र सहमति भए पनि गठबन्धनबीच यसबारे औपचारिक निर्णय नभएको बताएका हुन ।
शुक्रबार ललितपुरको बाडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर भट्टराईको शालिकको दर्शन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अब छिटै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए ।
उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ । सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ । त्यस्तै खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको बताएका छन् । उनले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि वेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमतिअनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किए पनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताए । उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेन्डामा सहमति भएका दलहरूबीच आन्तरिक रुपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लगेका कारण बिहीबार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको दाबी गरे ।‘नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरू मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि वेगमा मुलुकलाई लैजाने संकल्प गरेर गएका थियौँ । तत्कालीन गठबन्धनको बहुमत पुग्नेगरी मत परिणाम पनि आयो । दुर्भाग्यवश पुस १० गते एजेन्डाहरूमा सहमत भए पनि ती पदकै कारणले त्यो गठबन्धन भत्कियो । त्यसै दिनदेखि पनि हामीले एजेन्डामा सहमति भएका दलहरूबीचमा आन्तरिक रुपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद गर्दै गयौं । अन्ततोगत्वा‚ यो परिस्थिति बन्यो‚’ उनले भने ।
उपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्ने कुरा सपनामा पनि नसोच्न आग्रह गरे । उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहा¥याउने बताए । उनले अहिलेको गठबन्धन अब एजेन्डामा टसमस नभई ५ वर्ष नै अघि बढ्ने दाबी गरे ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!