
पूर्वसभामुख कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ , असोज २६ गते सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीका एआईजी मनोज केसीले जनकारी दिएका छन्।२०७९ साल पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर FZ0587 बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले […]
विराटनगर । स्वीस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बीच आज भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पाेरेशन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो । भेटवार्तामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्विस सरकारले गरेको सहयोग र सहकार्य को प्रशंसा गर्नुभएको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शशस्त्र प्रहरीले सीमा सुरक्षा, बिपद र शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ । आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्रको गौरव गाथा स्मरणीय रहेको चर्चा गर्नुभयो । सशस्त्र प्रहरीले सीमा […]
विराटनगर । सुनसरी जिल्लाको सीमा क्षेत्रस्थित देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षतामा, उपाध्यक्ष विभा कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी सहितका सभा सदस्यहरूको उपस्थिति रहेको यस अधिवेशनले विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। सभामा उपाध्यक्ष विभा कुमारी यादवले कार्यपालिका निर्णय, अस्थायी/करार/ज्यालादारी कर्मचारीहरूको म्याद थप, […]
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष […]
विराटनगर । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी बैसाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन […]
विराटनगर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन र सरकार सञ्चालन हुने बताएका छन्। शुक्रबार विराटनगरमा नेपाल प्रेस युनियन, मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले वर्तमान सरकार दुई प्रमुख दलको सहमतिमा बनेको र प्रभावकारी सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक भएको स्पष्ट पारे। उनले भने, “सरकारलाई सफल र […]
बंगलादेशमा सैनिक “कु”भए पश्चात प्रधानसेनापति वाकर उज-जमानले देशको शासन व्यवस्थामा परिवर्तनको घोषणा गरेका छन्। देशवासीका नाममा जारी सन्देशमा उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र अन्तरिम सरकार गठन हुने जानकारी दिएका हुन्। “हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ। हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ। हामीलाई विश्वास गर्नुहोस्,” उनले भने। सरकारी जागिरमा […]
विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभएको छ । आज नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । धान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै […]