विराटनगर । विद्या र बुद्धिकी देवी सरस्वतीको विशेष पूजा गर्दै सोमबार श्रीपञ्चमी पर्व श्रद्धा र भक्ति साथ मनाइँदै छ। विद्यार्थीहरूले कापी, कलम, वाद्ययन्त्र तथा पुस्तकहरूको पूजा गर्दै ज्ञान र सुसंस्कारको कामना गरेका छन्। श्रीपञ्चमीलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ, किनभने यो दिनदेखि सूर्य उत्तरायणतर्फ लाग्ने र वसन्त ऋतुको आगमन हुने विश्वास गरिन्छ। हिन्दू धर्मशास्त्रअनुसार, ऋग्वेदमा ‘वाग्देवी’ को […]
विराटनगर । सरस्वती पूजालाई लक्षित गर्दै सुनसरीको देवानगञ्जका मूर्तिकारहरू अहिले मूर्ति बनाउनमा व्यस्त छन्। सामुदायिक तथा निजी विद्यालयहरू, पुस्तकालयहरू र अन्य धार्मिक स्थलहरूमा पूजाका लागि मूर्ति बनाउने क्रम तीव्र भएको छ। देवानगञ्ज-३ का अर्जुन पण्डितका अनुसार सरस्वती पूजाको समय निकटिँदै जाँदा उनीहरूले मूर्ति बनाउन भ्याइ-नभ्याइ गरिरहेका छन्। उनले ३० देखि ४० वटा मूर्ति बनाउने गरेका छन्। […]
अछाम। अछामको किशोरी मृत्यु प्रकरणमा यौन प्रस्ताव स्वीकार नगर्दा हत्या भएको खुलेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुईजना किशोरले हत्या गरेको अछाम प्रहरीले जानकारी दिएको हो । यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । […]
विराटनगर । न्यूरो अस्पतालले अत्याधुनिक मोडुलर अपरेशन थिएटर (OT) को उद्घाटन गरेको छ। आज मोडुलर अपरेसन थिएटर उद्घाटन गर्दै यो नयाँ प्रणालीले एकै समयमा पाँच वटा शल्यक्रिया गर्न सक्ने क्षमता राख्नेछ, जसले बिरामीलाई छिटो सेवा पुर्याउने र अस्पतालको शल्यक्रियासँग सम्बन्धित क्षमता वृद्धि गर्ने विश्वास गरिएको छ। अस्पतालका अनुसार, नयाँ अपरेसन थिएटरमा अत्याधुनिक प्रविधि जडान गरिएको […]
विराटनगर । विराटनगरस्थित गोल्डेन हस्पिटलले बरिष्ठ एम.सी.एच. न्यूरो सर्जन डा. बिबेक बैद्यलाई भित्र्याएको छ। नेपालका प्रख्यात न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा सँग १० वर्षको अनुभव संगालेका डा. बैद्य १६ वर्षदेखि न्यूरो तथा स्पाइन सर्जरीको क्षेत्रमा क्रियाशील छन्। गोल्डेन हस्पिटल, विराटनगर–११ महेन्द्र चौक नजिक, सुविधा सम्पन्न नयाँ भवनबाट सेवा प्रदान गरिरहेको छ। हस्पिटलका प्रशासक सुधिर सिंह […]
विराटनगर । बिराटनगरमा जारी बिराट एक्सपो २०२५ का अवसरमा हुलास मोटर्सले आफ्नो विद्युतीय काग्रो सार्वजनिकरूपमा हस्तान्तरण गरेको छ। अर्जुन मेहताले हुलास मोटर्सको काग्रो खरिद गर्नुभएको हो। हुलास मोटर्सको तर्फबाट मुदित गोल्छा र उद्योग संगठनका पूर्व प्रतिनिधि श्याम पौडेलले संयुक्तरूपमा काग्रो हस्तान्तरण गर्नुभएको थियो। हुलास मोटर्सले यस एक्सपोमा काग्रो र सिटी रिक्साको ब्याट्री समेत उपलब्ध गराएको […]
विराटनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ७, कविलासा स्थित खान चौकमा रहेको श्री आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष मोजम्मील खान सर्वसम्मत चयन हुनुभएको छ। समितिको सदस्यहरुमा प्रमोद मेहता, बिनोद कुमार सरदार, नाजिम खाँ, सुनिता उराँव, गुजिया कुमारी साह र गायत्री देवी साह चयन भएको हो । आइतबार अध्यक्ष पदमा चयन […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शशस्त्र प्रहरीले सीमा सुरक्षा, बिपद र शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ । आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्रको गौरव गाथा स्मरणीय रहेको चर्चा गर्नुभयो । सशस्त्र प्रहरीले सीमा […]
काठमाडौं। प्युठानमा डस्टबिनभित्र नवजात शिशुको शवफेला परेको छ। सरुमारानी गाउँपालिका-२, दर्भानमा बिहीबार बिहान फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार शिशुको शव सालनालसमेत नकाटिएको अवस्थामा फेला परेको छ। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै प्रहरी निरीक्षक केशव केसीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। […]
काठमाडौं । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर [माघे] सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई […]