सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीद्वारा छठ पर्वमा निःशुल्क स्वास्थ्य शिविर

भोजराज घिमिरे मंगलबार, कार्तिक १२, २०८२

सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीद्वारा छठ पर्वमा निःशुल्क स्वास्थ्य शिविर  ।                        विराटनगर, मोरङ।
छठ पर्वको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीले सोमबार विराटनगरको सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। हरेक वर्षझैं यस वर्ष पनि व्रत बसेर पूजा गर्न आउने भक्तजनहरूको भीडलाई ध्यानमा राखी शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मिना जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रका सचिव भोजराज घिमिरे, कोषाध्यक्ष सन्तोष बाहेती, सदस्य शेरसिंह दुगड, कानुनी सल्लाहकार सुनिल कुमार कर्ण लगायत कार्यकारी समिति, सल्लाहकार, आजीवन सदस्य तथा पदेन सदस्य वरिष्ठ प्रहरी हवल्दार तारा अधिकारी र अन्य प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

शिविरमा व्रतधारी भक्तजनका लागि रक्तचाप, रक्तमा सुगर (ग्लुकोज) परीक्षण, र प्राथमिक उपचार सेवा प्रदान गरिएको थियो। उक्त शिविरमा नेपाल रेडक्रस सोसाइटी, मोरङले चिकित्सक तथा एम्बुलेन्स सेवा उपलब्ध गराएर सहयोग पुर्‍याएको केन्द्रले जानकारी दिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएको सामुदायिक प्रहरी सेवा केन्द्रले यस वर्ष पनि भक्तजनहरूको स्वास्थ्य सुरक्षाका लागि यस्तो जनसेवा कार्यक्रम सञ्चालन गरेको हो।

“छठ पर्वका अवसरमा सिँघिया घाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा व्रतधारी भक्तजनको रक्तचाप परीक्षण गर्दै स्वास्थ्यकर्मी।”

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!