आधारभूत विद्यालय घुस्कीको वि. व्य. स अध्यक्षमा खान सर्वसम्मत चयन

विराटनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ७, कविलासा स्थित खान चौकमा रहेको श्री आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष मोजम्मील खान सर्वसम्मत चयन हुनुभएको छ। समितिको सदस्यहरुमा प्रमोद मेहता, बिनोद कुमार सरदार, नाजिम खाँ, सुनिता उराँव, गुजिया कुमारी साह र गायत्री देवी साह चयन भएको हो । आइतबार अध्यक्ष पदमा चयन […]

कोशी प्रदेशका मुख्यमन्त्रीले सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शशस्त्र प्रहरीले सीमा सुरक्षा, बिपद र शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ । आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्रको गौरव गाथा स्मरणीय रहेको चर्चा गर्नुभयो । सशस्त्र प्रहरीले सीमा […]

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर [माघे] सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई […]

नेशनल टेक चेलेन्जरस विजय, क्यान प्रिमियर लिग 2025 भव्य रूपमा सम्पन्न

विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ मोरङको आयोजनामा सम्पन्न क्यान प्रिमियर लिग 2025 मा नेशनल टेक चेलेन्जरस विजेता घोषित भएका छन्। प्रतियोगिता विराटनगरको द स्पोर्ट्स हब मा भव्य रूपमा सम्पन्न भएको थियो। प्रतियोगितामा मोरङलाई कार्यक्षेत्र बनाएर आई.सि.टी. क्षेत्रमा सक्रिय ५० भन्दा बढी व्यवसायी र कर्मचारीहरूले भाग लिएका थिए। सात समूहमा विभाजित टोलीमध्ये नेशनल टिच […]

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष […]

पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ । आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको छ । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर […]

नेपालमा भुकम्पको ७ म्याग्निच्युडको धक्का महसुश

विराटनगर । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य […]

टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारीको १९औं वार्षिक साधारणसभा सम्पन्न

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१, मिलन चोकस्थित टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भलाकाजी राईले गरेका थिए। प्रमुख अतिथिका रूपमा बुढीगंगा गाउँपालिका वडा नं. १ का अध्यक्ष सोमराज काफ्ले, विशिष्ट अतिथिका रूपमा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदार, विभिन्न सल्लाहकार, संचालक […]

कोशी प्रदेशका मन्त्री हाङगामद्वारा १ सय दिने उपलब्धि सार्वजनिक

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्नो १ सय दिने कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले १३ बुँदे उपलब्धि प्रस्तुत गर्दै सहकारी, कृषि, उद्यमशीलता र पशुपालनमा थुप्रै नीतिगत र कार्यान्वयनका सुधार ल्याएको जानकारी दिए। मन्त्री हाङगामले सहकारी संस्थाहरूलाई व्यवस्थित गर्न एप्लिकेशन सफ्टवेयरमार्फत नियमनको प्रक्रिया सुरु […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!