कोशी प्रदेशबाट बाहिरियो माओवादी, तीन मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका तीन मन्त्रीले सोमबार मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका छन् । माओवादी मन्त्रीहरू गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जामगरले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। माओवादीले सोमबारमात्रै प्रदेश सरकारमा बाहिरिने निर्णय गरेको थियो। संघमा गठबन्धन फेरिएसँगै प्रदेश सरकारमा पनि त्यसको असर परेको हो।

सुनसरीमा सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलको सामूहिक अपिल

विराटनगर। सुनसरीका विभिन्न राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गरेको छ । शनिबार सामूहिक रुपमा अपिल जारी गर्दै आन्दोलनरत सबै पक्षलाई आफ्ना सब प्रकारका आन्दोलनका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न आग्रह गरेको हो । तीन दिनदेखि भइरहेको घटनाको छानविन गरी दोषिलाई कारवाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवम् […]

कोशीका उत्कृष्ट महिला उद्यमीलाई प्रदेश सरकारले सम्मान गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले यश प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताउनुभयो। यस्तै, प्रदेश सरकारले २०८१ सालमा ५ दिन सार्वजनिक विदा दिने मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको उहाँले […]

इटहरीले सबै विद्यालयमा समान पोशाक लागु गर्न बाटो खुल्यो

विराटनगर । इटहरी उपमहानगरले सबै विद्यालयमा समान पोशाक लागु गर्न गरेको निर्णय कार्यान्वयन गर्नका बाटो खुलेको छ। उच्च अदालत विराटनगरले इटहरी उपमहानगरविरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि इटहरीको निर्णय कार्यान्वयन हुने भएको छ। इटहरीको उक्त निर्णयविरूद्ध निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सुनसरीले उच्च अदालतमा रिट दायर गरेको थियो। बुधबार न्यायाधीशहरू विपुल न्यौपाने […]

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनुभयो । प्रधानमन्त्रीले युवा सशक्तीकरण तालिमले सामर्थ्यवान्, उद्यमशील, सृजनशील एवं सकारात्मक सोचयुक्त […]

सरकारमा जानुअघि छलफल नगरेकामा रास्वपाभित्र असन्तुष्टि

काठमाडौं । सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नगरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि देखिएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुनुअघि पार्टीमा छलफल नभएको भन्दै केही गुनासा आएको सहप्रवक्ता मनिष झाले जानकारी दिभयो । झाका अनुसार पार्टीमा औपचारिक छलफल नगरी सरकारमा गएकामा केही केन्द्रीय सदस्यले चासो व्यक्त गरेको थियो । ‘शत प्रतिशत सन्तुष्टि […]

जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिकमा पढाउनुपर्ने इटहरीको संकल्प

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लिएको छ। आगामी शैक्षिक सत्र २०८१ बाट यो कार्यक्रम लागू हुने मेयर हेमकर्ण पौडेलले बताउनुभयो। जनप्रतिनिधि र कर्मचारीले छोराछोरी नपढाएसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नहुने उहाँको भनाइ छ। उहााका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न छोराछोरीलाई अनिवार्य सामुदायिकमा […]

नयाँ परिस्थिति बुझ्नुस्, ८० प्रतिशत प्रगति चाहिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको परिस्थितिलाई ध्यानमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । उहाँले राजनीतिक समीकरण बदलिएकोतर्फ संकेत गर्दै अब तयार हुने नयाँ ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम […]

नेकपा एसबाट जोशी र बुढा मन्त्री बन्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने हुनुभएको हो । जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिवालयले जनाएको छ । त्यस्तै, नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण बुधबार साँझा पौने […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342