विवादपछि नयाँ नाम चर्चामा, विनोद चाहार श्रम मन्त्रालयको सम्भावित नेतृत्वमा
विराटनगर। हालै खगेन्द्र सुनार विवादित बनेपछि श्रम मन्त्रालयको सम्भावित नेतृत्वका लागि विराटनगरका युवा सामाजिक अभियन्ता विनोद चाहारको नाम तीव्र रूपमा चर्चामा आएको छ। सामाजिक सद्भाव, मानवीय सहयोग र सकारात्मक परिवर्तनका लागि परिचित चाहार अहिले सबैको ध्यानको केन्द्रमा छन्। कोभिड–१९ महामारीको कठिन समयमा “कोही पनि भोको पेट मर्नु नपरोस्” भन्ने उद्देश्यका साथ उनले निरन्तर भोजन सेवा सञ्चालन गरेका थिए। उनले ५१ दिनसम्म करिब ५७ हजार जनालाई निःशुल्क भोजन सेवा उपलब्ध गराएका थिए। त्यसैगरी, कोशी क्षेत्रका दर्जनौं परिवारलाई राहतस्वरूप एक बोरा चामल, तेल, नुन र साबुन वितरण गरेर पनि उनले समाजमा मानवीयता र सहयोगको सन्देश फैलाएका थिए।
लकडाउनका चुनौतीपूर्ण दिनमा पनि सक्रिय रहेका चाहारले राहत वितरणका साथै विपन्न समुदायका लागि निरन्तर अभियान सञ्चालन गरे। “जय परिवर्तन” भन्ने नारासहित सामाजिक रूपान्तरणका पक्षमा काम गर्दै आएका उनी अहिले राजनीतिक नेतृत्वमा पनि सम्भावित विकल्पका रूपमा अगाडि आएका छन्।