विवादपछि नयाँ नाम चर्चामा, विनोद चाहार श्रम मन्त्रालयको सम्भावित नेतृत्वमा

Radio Nagarik 100.4 MHz सोमबार, कार्तिक ११, २०८२

विवादपछि नयाँ नाम चर्चामा, विनोद चाहार श्रम मन्त्रालयको सम्भावित नेतृत्वमा

विराटनगर। हालै खगेन्द्र सुनार विवादित बनेपछि श्रम मन्त्रालयको सम्भावित नेतृत्वका लागि विराटनगरका युवा सामाजिक अभियन्ता विनोद चाहारको नाम तीव्र रूपमा चर्चामा आएको छ। सामाजिक सद्भाव, मानवीय सहयोग र सकारात्मक परिवर्तनका लागि परिचित चाहार अहिले सबैको ध्यानको केन्द्रमा छन्। कोभिड–१९ महामारीको कठिन समयमा “कोही पनि भोको पेट मर्नु नपरोस्” भन्ने उद्देश्यका साथ उनले निरन्तर भोजन सेवा सञ्चालन गरेका थिए। उनले ५१ दिनसम्म करिब ५७ हजार जनालाई निःशुल्क भोजन सेवा उपलब्ध गराएका थिए। त्यसैगरी, कोशी क्षेत्रका दर्जनौं परिवारलाई राहतस्वरूप एक बोरा चामल, तेल, नुन र साबुन वितरण गरेर पनि उनले समाजमा मानवीयता र सहयोगको सन्देश फैलाएका थिए।

लकडाउनका चुनौतीपूर्ण दिनमा पनि सक्रिय रहेका चाहारले राहत वितरणका साथै विपन्न समुदायका लागि निरन्तर अभियान सञ्चालन गरे। “जय परिवर्तन” भन्ने नारासहित सामाजिक रूपान्तरणका पक्षमा काम गर्दै आएका उनी अहिले राजनीतिक नेतृत्वमा पनि सम्भावित विकल्पका रूपमा अगाडि आएका छन्।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!