कोशी प्रदेशका मुख्यमन्त्रीले सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा

डुमरलाल मेहता बुधबार, माघ ०९, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शशस्त्र प्रहरीले सीमा सुरक्षा, बिपद र शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ । आज सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बाहिनी मुख्यालय पकली इटहरीमा २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सशस्त्रको गौरव गाथा स्मरणीय रहेको चर्चा गर्नुभयो । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरु नभएपनि सीमा सुरक्षामा खेलेको भुमिका अविष्मरणीय रहेको बताउँदै उहाँले भन्नुभयो – ‘कोरोनाकालमा सीमा क्षेत्रमा र विपद् आउँदा अग्रभागमा खेलेको भूमिकाले सशस्त्र प्रहरी बल महत्वपूर्ण रहेको छ ।’ सिमित स्रोत साधनबिच सीमा सुरक्षा गरेर राजस्व वृद्धि गर्न र विपत व्यवस्थापन काम गरेकोमा प्रशंसा गर्नुभयो । काही विपद् भयो भने सशस्त्र प्रहरी छ यसले काम गर्छ भनेर ढुक्क हुने अवस्था रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोडर पोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई ठुला देश रहेको र भारतसँग खुला सीमा रहेको आपसी समन्वय गरेर काम गर्दै देशले लाभ लिन सक्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी नावय महानिरीक्षक (डिआईजी) सम्भु सुवेदीले धन्यवाद मन्तव्य व्यक्त व्यक्त गर्दै सशस्त्र प्रहरीले विभिन्न आरोह अवरोह पार गर्दै जनताको सेवा गर्दै यहाँ आइपुगेको बताउनुभयो । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनिष थापाले शसस्त्र स्वागत मन्तव्य व्यक्त गर्दै सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा विभिन्न ब्यक्ति र प्रहरीलाई सम्मान गरिएको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342