१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् ।
सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् ।
NEWS SUMMARY
- प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रूपमा नबुझ्न मधेशकेन्द्रित दलका नेताहरूसँग आग्रह गरेका छन् ।
- प्रधानमन्त्री शाहले संघीयतालाई थप बलियो बनाउने र आवश्यक संरचनागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
- मधेशकेन्द्रित दलका नेताहरूले प्रदेशको अधिकार र सुरक्षा व्यवस्थालाई सुदृढ गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।