पूर्वसभामुख कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ
, असोज २६ गते
सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीका एआईजी मनोज केसीले जनकारी दिएका छन्।२०७९ साल पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर FZ0587 बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले दुईवटा सुटकेसमार्फत ७३ वटा बट्टामा राखिएका ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएर ल्याइएको अनुसन्धानमा खुलेको थियो।उक्त सुन भन्सारका नासु रेवन्त खड्कासहितको मिलेमतोमा बिक्री गरिएको पाइएको छ। अनुसन्धानका क्रममा महराले सो सुन छुटाउन भन्सारमा दबाब दिएको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको बताइएको छ।
यसअघि सोही मुद्दामा महराका छोरा राहुल महरा पक्राउ परेर कारागार चलान भइसकेका छन्।
प्रहरीले यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि थप अनुसन्धान अघि बढाएको जनाएको छ।