नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेल

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । सो क्रममा उनले बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन् । राष्ट्रपति पौडेलले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धारमा भइरहेका प्रयास तथा बाढीले पुर्‍याएको धनजनको क्षतिबारे जिल्ला सुरक्षा समितिसँग जानकारी […]

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

लिला श्रेष्ठ। रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा […]

बाढीपीडितलाई रोहिंग्या शरणार्थीको राहत: विस्थापन पीडामा हातेमालो

नेपालमा २०६५ सालयता शरण लिइरहेका रोहिंग्या शरणार्थीहरू यतिखेर आश्रयदाता देशका बाढीपीडितको घाउमा मलम लगाउन अघि सरेका छन्। आफूले शरण लिइरहेको देशमा यही भदौ १० गते हिमबाढीले कहर निम्त्याएपछि उनीहरू विस्थापितहरूको पीडामा साथ दिन लागिपरेका हुन्। बर्मा (म्यानमार) को सरकारले सन् १९८२ देखि अनागरिक बनाएर हिंसात्मक दमन गरी जनसंहार थालेपछि मुख्यतः रखाइन राज्यका रोहिंग्याहरू बंगलादेश र भारत […]

कांग्रेस एकताका लागि शेखरको पाँच बुँदे प्रस्ताव मान्न संस्थापन तयार

काठमाडौँ — कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको तालिका फेरि संशोधन गर्ने भएको छ । पार्टी महामन्त्री प्रदीप पौडेलले आन्तरिक एकताको प्रयास र बाढीका कारण आगामी बुधबारदेखि सुरु हुने वडा अधिवेशनको तालिका केही संशोधन हुने बताएका हुन् । तर, १६–१९ असोजमा हुने केन्द्रीय महाधिवेशनको मिति भने यथावत् रहने उनले बताए । यससम्बन्धी निर्णय आइतबार बसिरहेको […]

महाधिवेशन प्रक्रिया नरोके कांग्रेस विभाजन हुन्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै अधिकतम लचकताका साथ अघि बढिरहेको बताए। विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई हटाइएकै कारण अहिलेको समस्या सिर्जना भएको उनको दाबी छ। विशेष महाधिवेशन […]

ग्रीन आर्मीबारे प्रश्न उठेपछि गृहले माग्यो डकुमेन्ट

काठमाडौँ। पछिल्लो समय विवादमा तानिएको ‘ग्रीन आर्मी नेपाल’ का विषयमा गृह मन्त्रालयले चासो देखाएको छ । मन्त्रालयले ग्रीन आर्मीसँग सम्बन्धित कागजात माग गरेको पुष्टि भएको छ । संस्थाको स्वरूप, नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसद्सम्म प्रश्न उठेपछि गृह मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थाका आधिकारिक डकुमेन्टहरू माग गरेको हो ।  सबै […]

रसुवा बाढी : क्षतिग्रस्त सडक र पुल धमाधम पुनर्निर्माण

काठमाडौँ । चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रका सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षति भएका छन्, जुन क्षति ३० अर्ब बराबर भएको प्रारम्भिक अनुमान छ । सरकारले अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक […]

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो । आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा छ अर्ब ६७ लाख थियो […]

ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह

पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ । ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन […]

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342