श्रीमतीको हत्या गरी भागेका श्रीमान् पनि मृत भेटिए

Radio Nagarik 100.4 MHz आइतबार, कार्तिक ०९, २०८३

ससुरालीमा राती २ बजेतिर ३० वर्षिया श्रीमती रिना यादव र सँगै सुतेको ४ वर्षिय छोरा सम्राट यादवलाई धारिलो हतियार प्रयोग गरेका थिए ।

जनकपुर — शनिबार राति धनुषामा श्रीमतीको हत्या गरी भागेका श्रीमान् पनि मृत भेटिएका छन्। गणेशमान चारनाथ–४, भरतपुर बस्ने ३५ वर्षका उमेश यादवले धनुषाकै मिथिला बिहारी-३ मिथिलेश्वरस्थित ससुरालीमा राती २ बजेतिर ३० वर्षिया श्रीमती रिना यादव र सँगै सुतेको ४ वर्षिय छोरा सम्राट यादवलाई धारिलो हतियार प्रयोग गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालका अनुसार रिनाको घाँटीमा धारिलो हतियारले काटिए पछि मृत्यु भएको थियो। बालकको दाहिने तिघ्रा काटिएकोमा प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट रगत लागेको चक्कू बरामद भएको र उमेश फरार रहेकोले खोजतलास गर्दा निज घटनास्थलभन्दा अन्दाजी १ किलोमिटर पश्चिम मिथिला बिहारी–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डी मृत अवस्थामा फेला परेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342