एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड

Radio Nagarik 100.4 MHz शनिबार, कार्तिक ०८, २०८३

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै फरक रहेको दाबी गरे ।

कार्यक्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री दाहालले जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको जिकिर गरे ।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकीकृत भई वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विचार र भावना यसैभित्र समाहित रहेको जिकिर गरे ।

‘माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । यो विघटन नभई रूपान्तरण हो । नामभन्दा काम महत्वपूर्ण भएकाले हामी सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने संकल्पमा छौं,’ उनले भने, ‘नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले पहिल्यै सचेत गराएका थियौँ । हाम्रो र उनीहरूको राजनीतिक दृष्टिकोणमा फरक छ । हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ ।’

नेकपा (एमाले) सँगको भिन्नताबारे बोल्दै संयोजक प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसदका दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे ।

लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यासविपरीत भएको टिप्पणी गर्दै उनले आफूहरू भ्रष्टाचारविरुद्ध लड्ने र तत्कालीन सत्तापक्ष भ्रष्टाचारको संरक्षणमा लागेको आरोप लगाए ।

‘राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौं । तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन । त्यसका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक छ,’ प्रचण्डले थप व्याख्या गर्दै भने, ‘कम्युनिस्ट आन्दोलन अब उठ्न सक्दैन भन्ने भाष्य नयाँ होइन । विगतमा पनि यस्तै भनिन्थ्यो, तर हामीले परिवर्तनका लागि संघर्ष गर्‍यौं । आलोचनाभन्दा आफ्नो लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्नु नै हाम्रो प्रतिवद्धता हो ।’

सामाजिक सञ्जाल र नयाँ प्रविधिको लहरबीच कम्युनिस्ट आन्दोलनको भविष्यमाथि उठाइएका संशयलाई सम्बोधन गर्दै प्रचण्डले २०४६ सालको जनआन्दोलनपछि पनि यस्तै निराशाजनक भाष्य निर्माण गरिएको दृष्टान्त पेश गरे ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342