विराटनगरमा महानगरस्तरीय विज्ञान प्रदर्शन

विराटनगर । विराटनगर महानगरपालिकाद्वारा आयोजित महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनीमा सेन्टमेरी बोर्डिङ स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा सहभागी ४७ विद्यालयलाई पछि पार्दै सेन्टमेरीले शीर्ष स्थान प्राप्त गरेको हो। त्यस्तै, शिक्षादीप सेकेण्डरी स्कुल द्वितीय स्थानमा रहँदा गोदावरी सेकेण्डरी स्कुल तृतीय स्थानमा पुगेको छ। कान्तिपुर सेकेण्डरी स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भयो। विधागत […]

स्वीसका प्रतिनिधि र मुख्यमन्त्री कार्की बीच भेट

विराटनगर । स्वीस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बीच आज भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पाेरेशन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो । भेटवार्तामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्विस सरकारले गरेको सहयोग र सहकार्य को प्रशंसा गर्नुभएको […]

देवानगञ्ज–२ मा जेष्ठ नागरिक सम्मान तथा विपन्न परिवारलाई कम्बल

विराटनगर । देवानगञ्ज गाउँपालिका वडा नम्बर २ ले जेष्ठ नागरिक सम्मान तथा विपन्न परिवारलाई कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ। वडाको आयोजनामा तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा १० जना जेष्ठ नागरिकलाई माला र दोसल्ला ओढाएर सम्मान गरिएको वडा सदस्य रामकुमार भगतले […]

विराटनगरमा एप्रिलिया भेष्पा स्कुटरको नयाँ शोरुम सञ्चालनमा

विराटनगर । विराटनगरको बरगाछीमा ‘एप्रिलिया भेष्पा स्कुटर’को आधिकारिक शोरुम सञ्चालनमा आएको छ। गौरब अटो सेन्टरले करिब ४ करोड रुपैयाँको लागतमा सञ्चालन गरेको यो शोरुम पूर्वमुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले उद्घाटन गरेका हुन्। शोरुममा एप्रिलिया स्कुटरको मूल्य २ लाख ८८ हजारदेखि ४ लाख ६५ हजार रुपैयाँसम्म छ भने भेष्पाका विभिन्न मोडेल ३ लाख १ हजारदेखि ४ लाख […]

आज विश्व रेडियो दिवस, सूचनाको शक्ति रेडियो

विराटनगर । आज विश्वभर विश्व रेडियो दिवस विविध चेतनामूलक कार्यक्रमसहित मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा हरेक वर्ष फेब्रुअरी १३ लाई रेडियोको योगदान सम्झने विशेष दिनका रूपमा मनाइन्छ। यस वर्षको दिवस जलवायु परिवर्तनका चुनौतीहरूसँग जुध्न सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गर्दै मनाइँदै छ। सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले […]

हरिनगर माध्यमिक विद्यालयको ७२औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

विराटनगर ।  सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित श्री हरिनगर माध्यमिक विद्यालयले आफ्नो ७२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा स्थानीय तथा प्रदेशस्तरीय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वि.सं. २००९ मा स्थापना भएको यस विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै हजारौं विद्यार्थीलाई सक्षम नागरिकका रूपमा तयार पारेको छ। सुनसरी जिल्लाको दक्षिणी […]

नोवेल क्यान्सर अस्पताल र लियो जिल्ला परिषद्को सहकार्यमा विश्व क्यान्सर दिवस विविध कार्यक्रमका सम्पन्न

विराटनगर । विराटनगर स्थति नोबेल क्यान्सर अस्पताल र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विभिन्न कार्यक्रमहरू आयोजना गरी सन् २०२५ को विश्व क्यान्सर दिवस भव्य रूपमा मनाइएको छ । फेब्रुअरी ४ का दिन विश्वभर मनाइने यस विश्व क्यान्सर दिवस विराटनगरमा हिजो विहाननैबाट नोबेल क्यान्सर अस्पतालको प्राङगणबाट सहिद रंगशाला सम्मको ५ किलोमिटरको मिनी म्याराथुनबाट सुरु […]

आदर्श माविको ९६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

विराटनगर । विराटनगरको ऐतिहासिक एवं शैक्षिक दृष्टिले महत्वपूर्ण आदर्श माविले आफ्नो ९६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। मंगलबार आयोजित विशेष समारोहमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पछिल्ला वर्षहरूमा हासिल गरिएको प्रगतिप्रति वक्ताहरूले प्रशंसा व्यक्त गरेका थिए। समारोहका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यावसायिक र व्यवहारिक शिक्षामा विशेष ध्यान दिन विद्यालयलाई सुझाव […]

आज श्रीपञ्चमी तथा सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

विराटनगर ।  विद्या र बुद्धिकी देवी सरस्वतीको विशेष पूजा गर्दै सोमबार श्रीपञ्चमी पर्व श्रद्धा र भक्ति साथ मनाइँदै छ। विद्यार्थीहरूले कापी, कलम, वाद्ययन्त्र तथा पुस्तकहरूको पूजा गर्दै ज्ञान र सुसंस्कारको कामना गरेका छन्। श्रीपञ्चमीलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ, किनभने यो दिनदेखि सूर्य उत्तरायणतर्फ लाग्ने र वसन्त ऋतुको आगमन हुने विश्वास गरिन्छ। हिन्दू धर्मशास्त्रअनुसार, ऋग्वेदमा ‘वाग्देवी’ को […]

सरस्वती पूजाको चटारो: देवानगञ्जका मूर्तिकारलाई भ्याइ–नभ्याइ

विराटनगर । सरस्वती पूजालाई लक्षित गर्दै सुनसरीको देवानगञ्जका मूर्तिकारहरू अहिले मूर्ति बनाउनमा व्यस्त छन्। सामुदायिक तथा निजी विद्यालयहरू, पुस्तकालयहरू र अन्य धार्मिक स्थलहरूमा पूजाका लागि मूर्ति बनाउने क्रम तीव्र भएको छ। देवानगञ्ज-३ का अर्जुन पण्डितका अनुसार सरस्वती पूजाको समय निकटिँदै जाँदा उनीहरूले मूर्ति बनाउन भ्याइ-नभ्याइ गरिरहेका छन्। उनले ३० देखि ४० वटा मूर्ति बनाउने गरेका छन्। […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342