मोरङ, हतिमुडा स्थित प्राइम केबल इन्डस्ट्रीजद्वारा विभिन्न कार्यालयहरूलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण

भोजराज घिमिरे शनिबार, मंसिर ०७, २०८२

मोरङ, हतिमुडा स्थित प्राइम केबल इन्डस्ट्रीजद्वारा विभिन्न कार्यालयहरूलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण

मोरङ — स्थानीय उद्योगी तथा समाजसेवी प्राइम केबल इन्डस्ट्रीज प्रा. लि., हतिमुडाका निर्देशक मुकुलेश कोठारी र सम्माननीय/श्रद्धेय मोहनलाल कोठारीले विभिन्न सरकारी तथा सामुदायिक संस्थाहरूलाई कार्यालय सञ्चालनमा आवश्यक पर्ने उपकरणहरू हस्तान्तरण गरेका छन्।

बिराटनगर महानगरपालिका–२ का वडा सदस्य तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य सेर सिंह दुगडको पहलमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपानीलाई १ सेट कम्प्युटर र १ सेट प्रिन्टर, मोरङ जिल्ला प्रहरी कार्यालय (SP Office) लाई १ सेट कम्प्युटर र १ सेट प्रिन्टर, मोरङ जिल्ला प्रशासन कार्यालय (CDO Office) लाई २ सेट कम्प्युटर १ प्रिन्टर तथा बिराटनगर महानगरपालिका वडा नं. १, २ र ७ लाई प्रत्येक १ सेट कम्प्युटर प्रदान गरिएको छ।

उपकरण हस्तान्तरण गर्दै निर्देशक कोठारीले समुदायमा प्रविधिमैत्री सेवा विस्तार र कार्यालयको नियमित कार्य प्रक्रियालाई सहज बनाउन उद्देश्यपूर्वक सहयोग गरिएको बताए। उनका अनुसार, यस्ता उपकरण सहयोगहरूले स्थानीय कार्यालयहरूको कार्यक्षमता बढाउने तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!