वाल्मीकि स्काउट दलका ३२ विद्यार्थी दीक्षित, भव्य समारोहसहित कार्यक्रम सम्पन्न

भोजराज घिमिरे आइतबार, मंसिर १५, २०८२

वाल्मीकि स्काउट दलका ३२ विद्यार्थी दीक्षित, भव्य समारोहसहित कार्यक्रम सम्पन्न

पथरी शनिश्चरे, मंसिर १४
मोरङको पथरीशनिश्चरेस्थित वाल्मीकि माध्यमिक विद्यालयमा गठन भएको वाल्मीकि स्काउट दलले एक भव्य र आकर्षक समारोहका बीच ३२ जना विद्यार्थीलाई दीक्षित गरेको छ।

दीक्षान्त समारोहका प्रमुख अतिथि पथरीशनिश्चरे–२ का वडा अध्यक्ष नैना राई रहनुभयो। कार्यक्रममा विद्यालयका निर्देशक नोवल किशोर खनाल, नेपाल स्काउट पथरी शनिश्चरे नगरपालिकाका प्रमुख आयुक्त रोशन बुढाथोकी, विद्यालयका प्रिन्सिपल चन्द्र प्रसाद दुलाल लगायतको उपस्थिति रहेको थियो।

अतिथिहरूले विद्यार्थीको नेतृत्व विकास, अनुशासन, आत्मविश्वास र व्यक्तित्व निर्माणमा स्काउट कार्यक्रम अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्दै यस्ता गतिविधिले विद्यालय शिक्षालाई थप व्यवहारिक र जीवनमुखी बनाउने बताए।

दीक्षान्तकै अवसरमा विद्यालय परिसरमा क्याम्प–फायर, सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति, साथै ओमेगा, जिप–लाइन, अप्सिलिङ जस्ता साहसिक गतिविधिहरू समेत आयोजना गरिएको थियो। सहभागी विद्यार्थीहरू उत्साहपूर्वक सक्रिय देखिएका थिए।

समारोहको अन्त्यमा नव–दीक्षित स्काउट सदस्यहरूलाई प्रमाणपत्र, ब्याज तथा स्कार्फ प्रदान गरिएको वाल्मीकि स्काउट दलले जानकारी दिएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!