विराटनगरमा आधुनिक प्राइम अस्पतालको सेवा सुरु

भोजराज घिमिरे आइतबार, मंसिर १५, २०८२

‏विराटनगरमा आधुनिक प्राइम अस्पतालको सेवा सुरु

विराटनगर महानगरपालिका–७, अस्पताल चौकमा अत्याधुनिक संरचना र आधुनिक स्वास्थ्य पूर्वाधारसहित निर्माण गरिएको प्राइम अस्पताल आइतबारदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ।

स्वास्थ्य क्षेत्रमा २८ वर्षको अनुभव बोकेका युवा उद्यमी सनातन मण्डलको अगुवाईमा २५ बेड क्षमताको यो अस्पताल पूर्व गोल्डेन अस्पताल रहेको भवनमै पुनः निर्माण तथा प्रविधिक सुदृढीकरण गर्दै सुरु गरिएको हो।

आइतबार सम्पन्न उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, कार्यरत चिकित्सक तथा चिकित्सकका आमा हरु र अभिभावकले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे। उद्योगी–व्यवसायी नरेश राठी, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल लगायत ठूलो संख्यामा उद्योगी–व्यवसायीको सहभागिता थियो।   प्राइम अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. रमेश चौरसिया रहेका छन्। अन्य सञ्चालकहरूमा
– डा. रंजिव यादव
– डा. अजय महतो
– डा. मनिष अग्रवाल
– डा. टेकनारायण यादव
– सनातन मण्डल
समावेश छन्।

अस्पतालले एकैपटक १५ जना दक्ष विशेषज्ञ चिकित्सकसहित सेवा सुरु गरेको जनाएको छ।

अस्पतालका अनुसार भवन तथा पूर्वाधार निर्माणमा ८ करोड र अत्याधुनिक मेसिन तथा उपकरण खरिदमा ३ करोड खर्च भई कुल लगानी ११ करोड रुपैयाँ पुगेको छ।

विशेषता र सेवा सुविधा

– बिरामीलाई पूर्ण स्वस्थ भएपछि मात्र घर पठाउने लक्ष्य
– ४ कठ्ठा क्षेत्रफलमा तीनवटा छुट्टाछुट्टै पार्किङ
– अन्य अस्पतालभन्दा कम शुल्कमा सेवा दिने प्रतिवद्धता
– प्रारम्भिक चरणमै १५ दिनसम्म उपचारमा ५०% छुट

सञ्चालक मण्डलका अगुवा सनातन मण्डलका अनुसार, “अन्य अस्पतालभन्दा दुई रुपैयाँ भए पनि प्राइम अस्पतालमा उपचार सस्तो हुनेछ। गुणस्तरीय र भरपर्दो सेवा नै हाम्रो मुख्य उद्देश्य हो।”

हाल ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। अस्पताल विस्तारसँगै ३५० जनासम्म प्रत्यक्ष रोजगारी सिर्जना हुने अस्पतालले जनाएको छ।

स्थानीयवासीलाई सहज, किफायती र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित सुरु गरिएको प्राइम अस्पताल विराटनगरको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!