ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ । ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारमा आउन नसक्दा झरना ओझेलमा परेका हुन् । ककनी गाउँ हुँदै बहने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत भएको छ । त्यही खोला करिब ५०० मिटरको दूरीमा तीनवटा […]
मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै छन्। सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन्। सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख […]
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब ५८ करोड १५ लाखभन्दा धेरै रकम मौज्दात रहेको छ। अर्थ मन्त्रालयका अनुसार भोटेकोशी बाढीपछि मात्र ८ अर्ब ९२ करोड २० लाख ७ हजार ७५९ रुपैयाँ संकलन भएको छ। बाढीपछि दुई करोड २८ लाख ५६ हजार ४७५ अमेरिकी डलर पनि संकलन भएको छ। त्यसको नेपाली रुपैयाँमा मूल्य करिब तीन […]
हरितालिका तीजको अघिल्लो दिन अर्थात् आज नेपाली हिन्दु महिलाले दर खाने दिनका रूपमा मनाउँदैछन्। तीजको व्रत बस्नुअघि शरीरलाई आवश्यक ऊर्जा जुटाउने धार्मिक–सांस्कृतिक अभ्यासका रूपमा रहेको दर पछिल्लो समय चेली र माइतीबीचको आत्मीयता, भेटघाट र सम्बन्ध नवीकरणको अवसरसमेत बनेको छ। विवाह गरेर घर गएका चेलीलाई माइतीले बोलाउने, मिठा–मसिना परिकार खुवाउने र सुखदुःख साट्ने परम्पराले दरलाई नेपाली […]
सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको बताए। मधेस प्रदेशबाट प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका […]
नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ । विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ । भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नुपर्ने भएकाले त्यसको […]
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र उद्धार टोली प्रवेश गरेको छ। टनेलमा फसेका श्रमिक तथा अन्य व्यक्तिको खोजीका लागि भग्नावशेष र लेदो हटाउँदै उद्धार टोली भित्र पुगेको हो। शनिबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर टनेलको प्रवेश क्षेत्रमा थुप्रिएको माटो, लेदो, ढुंगामुढा र कंक्रिट हटाउने काम भइरहेको थियो। अवरोध हटाएर टनेलको […]
विराटनगर । कोशी प्रदेशका सत्ता सहयात्री दलहरू; नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले निर्माण गरेको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेको छ । कार्यदलका तर्फबाट नेकपा संसदीय दलका नेतासमेत रहेका इन्द्रबहादुर आङ्बोको नेतृत्वमा मुख्यमन्त्री कार्कीलाई साझा कार्यक्रम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रदेश प्रमुखमार्फत संसद्बाट पारित भइसकेको ‘आर्थिक […]
नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । सो क्रममा उनले बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन् । राष्ट्रपति पौडेलले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धारमा भइरहेका प्रयास तथा बाढीले पुर्याएको धनजनको क्षतिबारे जिल्ला सुरक्षा समितिसँग जानकारी […]
लिला श्रेष्ठ। रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा […]