रसुवा बाढी : क्षतिग्रस्त सडक र पुल धमाधम पुनर्निर्माण

काठमाडौँ । चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रका सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षति भएका छन्, जुन क्षति ३० अर्ब बराबर भएको प्रारम्भिक अनुमान छ । सरकारले अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक […]

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो । आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा छ अर्ब ६७ लाख थियो […]

ग्यासको कृत्रिम अभाव र कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न उद्योग मन्त्रालयकाे आग्रह

पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ । ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन […]

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको […]

१४ गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार

ओखलढुङ्गामा आर्थिक वर्ष २०८२र८३ मा जटिल स्वास्थ्य समस्या भएका १४ गर्भवती तथा सुत्केरी महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत आकस्मिक हवाई उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सुत्केरी हुन नसकेका, प्रसूतिको क्रममा अत्यधिक रक्तस्राव भएका, जटिल स्वास्थ्य समस्या देखिएका तथा आमा र गर्भस्थ वा नवजात शिशुको ज्यान उच्च जोखिममा परेका महिलालाई हेलिकप्टरमार्फत काठमाडौँलगायत सुविधा […]

मन्त्रीपरिषद्का सात निर्णय : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याव नियुक्त

नेपाल सरकार, मन्त्रीपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा काठमाडौँ निवासी याङकी उक्यावलाई नियुक्ति गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नुका साथै बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ […]

देवानगञ्ज-कप्तानगञ्ज घटनाको स्वतन्त्र छानबिन गर्न काङ्ग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका हरेक मोर्चामा असफल भएको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सरकारका कमजोरीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो। पत्रकार सम्मेलनमा वितरित प्रेसनोट अनुसार सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा भएको तनावपूर्ण स्थितिमा राज्यले संयम गुमाएर दमनमा उत्रिएको काङ्ग्रेसको ठहर छ। सरकारले […]

सात राजनीतिक दलले गरे ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय

१८ साउन, काठमाडौं । सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन् । सोमबार भएको छलफलपछि उनीहरू अग्रगामी मोर्चा घोषणाको तयारीमा जुटेका हुन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार, २३ साउनमा साना सात दलले मोर्चा घोषणा गर्ने जानकारी दिएका छन् । उनका अनुसार नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं बैंकेटमा मोर्चा घोषणा हुने […]

ठुलो परिमाणको लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

  बिर्तामोड, १६ साउन  गते । झापाको कनकाई नगरपालिका-२ सुरुङ्गाबाट इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले ठुलो परिमाणको लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको जोगबनी नाका हुँदै भित्री सडक भएर ल्याउँदै गरेको अवस्थामा शनिबार दिउँसो १२:३० बजे दुई जना भारतीयलाई बिक्रीका लागि ल्याइएको लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो। […]

नेपाली भूमि सुस्ताभित्र पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, स्थानीयसँग विवाद

स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए ।  साउन १७, बुटवल । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ । स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342