भारतीय र चिनियाँ नागरिक पीसीआर रिपोर्ट लिएर स्थलमार्गबाट नेपाल आउन सक्ने

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख १५, २०७८


भारतीय र चिनियाँ नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेश गर्न सरकारले दुई वटा शर्त अघि सारेको छ । ७२ घण्टा भित्र पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिर्पोट र १० दिन होटेल क्वारेन्टिनमा बस्ने गरी बुक भएको प्रमाण देखाएमा उनीहरुलाई नेपाल आउन सक्ने गरी सरकारले छुट दिएको हो । मन्त्रिपरिषद्को १३ वैशाखको बैठकले यस्तो निर्णय गरेको हो । अघिल्लो पटकको लकडाउनको समयमा भने स्थलमार्गबाट सबै विदेशीको आवागमन बन्द गरिएको थियो । निर्णय अनुसार छिमेकी मुलुकबाहेक तेस्रो मुलुकका नागरिक भने हवाईमार्गबाट मात्र आउन पाउने छन् ।

स्थलमार्गबाट आउने भारतीय नागरिकले प्रवेशाज्ञा समेत देखाउनु पर्ने छैन । तर, चिनियाँ नागरिकका लागि भने प्रवेशाज्ञा समेत आवश्यक पर्छ । अन्य शर्त भने भारतीय र चिनियाँ नागरिकलाई उस्तै तोकिएको छ । हवाईमार्गबाट आउने विदेशीको हकमा भने ७२ घण्टा भित्रको पीसीआर परीक्षण र १० दिन होटेल क्वारेन्टिनमा बस्ने गरी होटेल बुक गरेको प्रमाण देखाउनु पर्नेछ ।भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नेपाली नागरिक भने स्थानीय तहको अनुगमनमा अनिवार्य १० दिन होम क्वारेन्टिनम बस्नुपर्ने भएको छ । विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक विदेशी नागरिकले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान भने नपाउने भएका छन् । यसले नेपाल हुँदै तेस्रो मुलुक गइरहेका भारतीय नागरिकको आवागमन रोकिने भएको हो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!