माया मारेको विरामीले पाए नयाँ जीवन आर्या न्युरो अस्पतालमा

डुमरलाल मेहता मंगलबार, पौष २०, २०७८

विराटनगर । पछिल्लो समय विरामीका आफन्तहरुले अस्पताल र चिकित्सकहरुको लापरवाहीले विरामीको मत्यु भएको आरोप लगाउने गरेको जनगुनासो आउने गरेको छ । तर, यस्तो पनि अस्पताल छ, जहाँ विरामीका आफन्तले मायाँ मारिसकेकालाई पुनः जीवन दिएका छन् ।
पछिल्लो एक महिना दिनको अन्तरमा विराटनगर – ३ कन्चनबारीमा रहेको आर्या न्युरो अस्पताले दुइ जना विरामीको जटिल प्रकारको सफल उपचार गरेर जीवन बचाउन सफल भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका – ९ का ६० वर्षिय तेज नारयण चौधरीको टाउकोको ‘लक्ड–इन–सिनड्रम’ अर्थात स्वाचालित मांसपेशीको पूर्ण पक्षघात भएको जटिल प्रकारको सफल उपचार गरेर विरामीले नयाँ जीवन पाएका हुन् ।
प्रेसरका विरामी पनि रहेका चौधरी महिना दिन अगाडी काम गर्ने क्रममा घरमा लडेपछि बेहोस भएका थिए । उनका परिवारले विराटनगर र धरानको विभिन्न अस्पताल पु¥याएका थिए । ‘विराटनगरका एक अस्पतालमा एक हप्ता जति उपचार गरिम । बुवाको होस आएन,’ विरामी चौधरीको छोरी सुशिलाले भनिन्, ‘बुवाको होस नपाएपछि चिकित्सकले बुवाको उपचार सम्भव नहुने र घर लैजान सुझाब दिएका थिए । त्यसपछि माया मारेर हामीले बुवालाई घर लिएर गयौं । बेहोस हुनुभएको बुवाले हात चलाउन थालेपछि हस्पिटल लैजाने आफन्तमा सल्लाह भयो । त्यसपछि १ पुसमा आर्या न्यूरो हस्पिटलमा लिएर आएका हौं ।’
आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले उपचार गरेपछि बुवाको स्वाथ्य अवस्था ठिक भएपछि हर्षिद मुद्रामा देखिएकी छोरी शुलिाले बताइन् । ‘अहिले बुवा मज्जासँगले बोल्न र हिडडुल गर्न सक्नुहुन्छ । १८ दिनको उपचारपछि सोमबार डिस्चार्ज भएको छ,’ उनले भनिन्, ‘बुवालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बुवालाई बचाउनुभयो । बाँच्नुहुन्न जस्तो लागेको थियो । बुवाले नयाँ जीवन पाउनुभयो ।’ चौधरीको परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।

चौधरीको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा. नेपालले बताए । चौधरीको उपचार गरिरहेका चिकित्सक डा. नेपालका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्ज दिएको बताए ।

यसअघि पनि आर्या अस्पतालले सुनसरीको इनरुवा ३ की ३९ वर्षिय पुष्पालत्ता सुब्बाको टाउकोको जटिल उपचार गरेको थियो । उक्त अस्पतालमा उनको मस्तिकष्कको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । सुब्बा अचानक बेहोस भएर लडेको कारणले उनको मस्तिष्कमा रगत जमेको थियो । बेहोस भएकी सुब्बालाई लिएर उनका परि वारले विराटनरको विभिन्न अस्पताल लिएर गए । तर, उपचार हुन सकेन । उपचार सम्भव नभएपछि सुब्बाको परिवारले घर लिएर गए । उनको परिवारका एक सदस्य चिकित्सक रहेका थिए । उनले अर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेपालसँग सल्लाह गरेपछि हस्पिटल मंसिरम लिएर आए । विरामी आएपछि डा. नेपालले जोखिम लिएर उपचार प्रक्रिया अगाडी बढाए । यसो हेरे, बिरामीको अवस्था जटिल रहेको थियो । उनले सोचे्, ‘कसरी यतिकै छोड्नु ? मैले रिस्क लिएभने त पुप्पालत्ताले एउटा जीवन जोगाउन सकिन्छ । रिस्क नै नलिएभने त निश्चित छ एउटा जीवन सकिन्छ ।’ उनले बिरामीपक्षलाई बिरामीको अवस्थाका बारेमा ब्रिफिङ गरे पछि शल्यक्रिया सुरु गरे । सुब्बाको मस्तिष्कमा रगतजमेको कारणले डा. नेपालको टिमले सोही दिन उनको शल्यक्रिया गरेर जमेको रगत निकाले । ‘तीन घण्टा बढी समय लगाएर शल्यक्रिया सफल भयो,’ डा. नेपालले भने । उपचारपछि ठिक भएका विरामी सुब्बा अहिले पनि अस्पतालमा फलोअपको लागि आउने गरेका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!