प्रदेश १ लाई कुपोषणमुक्त बनाउने तयारी शुरु

Radio Nagarik 100.4 MHz शुक्रबार, पौष ०९, २०७८

विराटनगर । प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी शुरु गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरेको निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
विराटनगरमा सम्पन्न प्रदेश स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने अभियानलाई तीव्रता दिनका लागि कार्ययोजना बनाउने निर्णय भएको निर्देशन वस्नेतले बताउनुभयो । उहाँका अनुसार पाचथरमा पाईलट परियोजना शुरु गर्ने तयारी गरिएको छ । युनिसेफ र एनट्यागसँगको सहकार्यमा बच्चाको पाखुरा नाप्ने, बच्चा जोख्ने, पैरवी, लेखाजोखा लगायतका कार्यक्रम गरिने बस्नेतले बताउनुभयो । कुपोषणमुक्त प्रदेशका लागि आवस्यक जनशक्ति अभाव भएको उहाँले बताउनुभयो ।


कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रवन्ध गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले बजेट अनुसार स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकता दिईने बताउनुभयो । उहाँले स्वस्थ रहनका लागि आफ्नो व्यवहारमा परिवर्तन आवस्यक रहेकोमा मन्त्री यादवले जोड दिनुभयो ।
समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, स्थानीयतहका प्रतिनिधि, सुआहारा, डब्ल्युएफपी, एमएसएनपी, पोषणपुर्नस्थापना गृहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । गत कात्तिकमा सम्पन्न प्रदेश स्तरिय समीक्षा गोष्ठिमा कुपोषणमुक्त प्रदेश बनाउने संकल्प प्रस्ताव पारित गरिएको थियो ।

 

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!