भोक्राहानरसिंहमा स्वास्थ्य स्वयंमसेविकालाई साइकल वितरण

डुमरलाल मेहता सोमबार, मंसिर २०, २०७८

सुनसरी । भोक्राहानरसिंह गाउँपालिकाले स्वास्थय स्वयंसेविकाहरुलाई साईकल वितरण गरेको छ। आइतबार १८ औँ राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाको कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले सहज सुविधाका लागि ६४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेको हो ।
विगत लामो समय देखी भोक्राहा नरसिंह गाउँपालिकाको ८ वटै वडामा समाजसेवीको भुमिका निर्वाह गर्दै आएको स्वास्थ्य स्वयंमसेवीकाहरुले सेवाग्राहीहरुलाई सहज सेवा प्रदान गर्नका लागि गाउँपालिकाले साइकल दिएको हो ।

भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत ८ वटै वटामा समाजसेवीको भुमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेपछि स्वास्थ्य स्वयंमसेविकाहरु खुशी भएको छ । एक स्वास्थ्य स्वयंमसेवीकाले कार्यक्रममा आफ्नौ मन्तव्य राख्ने क्रममा भने हामी नसोचेको काम पालिकाले गरेपनि म लागायत सबै स्वास्थ्य स्वयंमसेविका खुशी भएको बताए ।

अर्का स्वास्थ्य स्वयंमसेविका मुनेशवरी देवी मेहता साइकल पाएपछि उनी अब आवतजावतमा सहज हुने बताए । “हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो”, उनले भनिन्, “स्थानीय सरकारले समयमै नबुझेपनि ढिलो बुझेछ । तर ढिलै भएपनि साइकल उपहार दियो । अब काम गर्न सजिलो हुने भएको छ ।”
“हामीलाई स्वास्थ्यसँग सम्बन्धित वडाका हरेक काममा हिँड्नुपर्छ, पैदल हिँडेर सबै भ्याउनुपर्ने समस्या थियो”, उनले भनिन्, “गाउँपालिकाले साइकल दियो । अब सबै साथीलाई सजिलो हुन्छ । हामीले विगत चार वर्ष देखी गाउँपालिकालाई साइकल चाहियो भनेका थियौँ, व्यवस्था गरिदिनुभएछ ।”

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले भने स्वास्थ्य स्वयंमसेवीकाको काम धैरे छ तर उनीहरुलाई सुविधा केही छैन हामी उनीहरुलाई काम गरे वापतको अतिरिक्त यातायात खर्च व्यावस्थापन समेत गर्दै आएको बताए ।
त्यस्तै कार्यक्रमका अध्यक्ष एंव भोक्राहा नरसिंह गाउँपालिकाको कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले स्वास्थ्य स्वायंसेविकाहरुलाई साइकल मात्रै होइन अव एक महिना पछि अन्तर जिल्ला भर्मण गराउने  बताए। उनले भन्यो आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाले उच्च मनोबलका साथ सेवा प्रदान गर्ने वतावरण तयार गर्ने बताए ।
कार्यवाहक अध्यक्ष मेहताले स्वयंसेविकालाई प्रोत्साहन गर्ने, उनीहरुका आवश्यकता पूरा गर्ने जिम्मा स्थानिय सरकारको भएकाले अगामी दिनमा यस्ता कार्यक्रम निरन्तर गरिने  बताए । कार्यवाहक अध्यक्ष मेहताले भने, “तपाईँहरुकै कारण महिलाको नेतृत्व र क्षमता विकास भएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!