धार्मिक स्थलको रुपमा विकसीत हुदै देवानगञ्ज गाउँपालिका

डुमरलाल मेहता बिहिबार, आश्विन २१, २०७८

देवानगञ्ज । देवानगञ्ज गाउँपालिका वडा नं. ४ कप्तानगञ्जमा नव निर्मित दुर्गा मन्दिरको उद्घाटन कार्यक्रम बुधवार सम्पन्न भएको छ । प्रतिनिधी सभा क्षेत्र र प्रदेश सभा क्षेत्र विकास कोषबाट ३५ लाख १० हजार , देवानगञ्ज गाउँपालिकाबाट ४० लाख र र वडा कार्यालयबाट १९ लाख गरि जम्मा ९४ लाखको लागतमा निमार्ण कार्य सम्पन्न भएको हो ।
प्रतिनिधी सभा सदस्य सिताराम मेहताको प्रमुख आतिथियतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस प्रदेश नमबर १ संसदीय दलका नेता राजीव कोईराला, प्रदेश सभा सदस्य ज्योती सुब्बा, प्रदेश सभा सदस्य ताहिर अंसारी, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहता, गाउँपालिका उपाध्यक्ष पुनिता देवी यादव, वडा अध्यक्षहरु मजलुम अंसारी,देवनारायण मेहता,अशोक यादव, प्रशासकीय अधिकृत चुडामणी गुरागाई, ईलाका प्रहरी कार्यालय प्रमुख बद्री दाहाल लगायत विभिन्न पार्टी आवद्ध ब्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।


देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष चन्देश्वर मेहताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्नुहुदै प्रदेश सभा सदस्य कोइरालाले सो ठाउँ पर्यटकिय सम्भावना बोकेको ठाउँ हो । यस ठाउँलाई हामी सबैले मिलेर विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधी सभाका सदस्य मेहताले धार्मिक स्थलहरु लगायत अन्य विकास निमार्णमा मैले स्थानीयहरु सँग गरेको प्रतिवद्धतामा लगभग ७० प्रतिशत काम सम्पन्न गरिसकेको ठोकुवा समेत गर्नुभयो ।
घटस्थापना देखि पूर्णिमासम्म विभिन्न धार्मिक प्रवचन धार्मिक नाटक कुस्ती रमाइलो मेला लगायत विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरिएकोे मेला समितीका अध्यक्ष खेलान्द यादवले जानकारी दिनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!