सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दै : साफ च्याम्पियनसिपको तयारी

Radio Nagarik 100.4 MHz शनिबार, भाद्र ०५, २०७८

काठमाडौं । अक्टोबरमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

भारतसँगको खेल साफअघि नेपालको लागि तयारी गर्न अवसरको रुपमा रहनेछ । नेपाल र भारतबीच सेप्टेम्बर २ र ५ ९भदौ १७ र २० गते० मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल हुनेछ । नेपालले सन् २०१७ पछि भारतसँग पहिलो पटक खेल्न लागेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक अबदुलल्ह अलमुताइरीले पनि भारतविरुद्धको खेललाई साफको तयारीको रुपमा हेरेका छन् । ‘हामी भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछौँ । यो साफको लागि राम्रो तयारी हुनेछ,’ उनले अखिल नेपाल फुटबल संघ ९एन्फा० मिडियासँग भनेका छन् ।

भारतविरुद्ध खेल्दा उनले फरक रणनीतिमा खेल्ने संकेतसमेत गरेका छन् । यसअघि गत जुनमा भएको विश्वकप र एसिया कप क्वालिफायरमा उनले आक्रमक रणनीतिमा खेलाएका थिए । ‘भारतसँग नयाँ फिलोसोफी र नयाँ रणनीति लागू गर्ने प्रयास गर्नेछौँ,’ अलमुताइरीले भने, ‘म नतिजालाई कस्तो हुन्छ हेर्दिन । प्रदर्शनलाई हेर्छु ।’

कुवेतमा विश्वकप छनोट खेल्दा र अहिलेको टिममा पनि धेरै परिवर्तन आएको उनले बताए । ‘विश्वकप छनोट खेलेको टिम र अहिलेको टिममा धेरै परिवर्तन आएको छ । किनकि मैले खेलाडीसँग धेरै समय बिताउने मौका पाएँ, धेरै क्लास लिने अनि विश्लेषण गर्ने अवसर पाएँ ।’

भारतविरुद्धको खेलसँगै माल्दिभ्समा हुने साफ च्याम्पियनसिप नेपालको लागि वरीयता सुधार गर्ने राम्रो अवसरसमेत रहेको बताए । यी खेलहरुबाट नेपालले एसियन कप अन्तिम चरणको छनोटमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

‘हामीलाई राम्रो प्रदर्शन गर्दै वरीयता सुधार गर्ने अवसर छ । त्यसैले हामीले मैत्रीपूर्ण खेल जित्नैपर्छ र साफको खेल पनि जित्नुपर्छ ।’ अलमुताइरीले भने , ‘एसिया कप छनोट अघि हामीलाई राम्रो गर्ने अन्तिम अवसर छ । यदि त्यसमा राम्रो गरे हामी एसियन कप छनोटमा शीर्ष चार बाट तीनमा पुग्नेछौं । यसले हामीलाई सहयोग गर्नेछ ।’

पोखरामा बन्द प्रशिक्षणमा अहिले २८ खेलाडीले तयारी गरिरहेका छन् । प्रशिक्षक अलमुताइरीले साफ र भारतसँगको मैत्रीपूर्ण खेलका लागि २६ जना सम्म लैजाने बताएका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!