सन्दीपले राष्ट्रिय टिममा व्यस्त हुँदा सीपीएल गुमाउने पक्का

Radio Nagarik 100.4 MHz बुधबार, भाद्र ०२, २०७८

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन् । यही अगष्ट अन्तिमदेखि सीपीएल टी)२० क्रिकेट आयोजना हसँदैछ । तर सन्दीप यसपटक राष्ट्रिय टिममा व्यस्त रहने भएकोले सीपीएल गुमाउने भएका हुन् ।

यसअघि भिसा समस्याका कारण सन्दीपले टी(२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड गुमाएका थिए । सीपीएल यक अगस्ट २६ तारिखदेखि सेप्टेम्बर १५ सम्म सेन्ट किट्समा आयोजना हुँदैछ । त्यसका लागि सन्दीपलाई डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले अनुबन्ध गरेको थियो ।

तर सन्दीप अगष्ट अन्तिममा नेपाली टिमसँग ओमान भ्रमणमा जाने भएकोले सीपीएल खेल्न नभ्याउने भएका हुन् ।

सीपीएलले मंगलबार अपडेट गरेको टिम लिस्टमा पनि सन्दीपको नाम छैन । ट्रिनबागोले केही दिनअघि यासिर शाहलाई अनुबन्ध गरिसकेको छ । सम्भवत उनी सन्दीपकै स्थानमा टिममा अनुबन्ध भएका हुन् ।

आईसीसी विश्वकप लिग २ को ट्राई सिरिजर त्यसअघि पपुवान्यु गिनी ९पिएनजी० सँग हुने दुई खेलका लागि नेपाली टिम अगस्ट अन्तिममा ओमानतर्फ प्रस्थान गर्ने सम्भावना रहेको छ ।

केही दिन क्वारेन्टिन बस्नुपर्ने भएकोले नेपाल केही चाँडै जान लागेको हो । नेपालले पिएनजीसँग सेप्टेम्बर ५ र ८ मा खेल्ने पक्का भइसकेको छ ।

यस्तै नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुने तय छ । सन्दीपले ओमान भ्रमणपछि सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने चौथा‌ संस्करणबो एभरेस्ट प्रिमियर लिग खेल्नेछन् । यसपटक उनी काठमाडौं किंग्स(११ को कप्तानको नियुक्त भएका छन् ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!