प्रदेश १ मा आज १८८ कोरोना संक्रमित थपिए

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख १५, २०७८

प्रदेश १ मा आज मंगलवार १८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४, बेलबारीमा ५, उर्लाबारी र सुन्दरहरैचामा ३–३, बुढीगंगा र लेटाङमा २–२, रंगेली, कटहरी, ग्रामथान र स्थानीयतह नखुलेका १–१, सुनसरीको इटहरीमा २०, धरानमा ७, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जुमा २, देवानगञ्ज, दुहवी, गढी र स्थानीयतह नखुलेका १–१, झापाको दमकमा ८, विर्तामोडमा ५, मेचीनगरमा ४, कनकाई ३, गौरादहमा २, गौरीगञ्ज, बुद्धशान्ति , झापागाउँपालिकामा १–१, धनकुटाको महालक्ष्मीमा ३, पाख्रीवास र धनकुटा नगरपालिकामा १–१, उदयपुरको उदयपुरगढी र स्थानीयतह नखुलेका २–२, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र माईनगरपालिकामा १–१, भोजपुरको आमचोकमा १, खोटाङको बराहपोखरीमा १, संखुवासभाको खाँदबारीमा १ र ताप्लेजुङको फुङलिङमा १र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८३४ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ९७७पुगेको छ । सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुगेको छ ।
प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७१ महिला र ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!