चाँडै खोल्नुपर्छ विद्यालय, अहिले खोल्ने अवस्था छैनः प्रवक्ता

Radio Nagarik 100.4 MHz शनिबार, साउन ०२, २०७८

काठमाडौं । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि विद्यालयहरुमा प्रत्यक्ष रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न रोक लगाईएको छ । सरकारले असार १ गतेबाट बिद्यार्थीहरुको भर्ना लिन बिद्यालयहरुलाई आग्रह गरे पनि विद्यालयमै शिक्षण सिकाई कहिलेबाट सुरु हुन्छ भन्ने अन्यौल छ ।

वैकल्पिक शिक्षण सिकाई अवलम्बन गर्न सरकारले विद्यालयहरुलाई आग्रह गरे पनि त्यो खासै प्रभावकारी भने देखिएको छैन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने अहिले नै विद्यालय प्रत्यक्ष रुपमा खोल्न नसकिने बताएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिलेनै शिक्षा मन्त्रालयले विद्यालय खोल्न सक्ने अवस्थामा नरहेको बताउनुभयो ।

कोरोना संक्रमण दर पनि अपेक्षाकृत रुपमा नघटेको र बालबालिकाले खोप पनि लगाउन नपाईराखेको अवस्थामा विद्यालयमा भौतिक रुपमा पठनपाठन संभव नरहेको उहाँको भनाइ छ । कोरोनाको संभावित तेस्रो लहरको जोखिम भइरहेको अवस्थामा विद्यालय सञ्चालन गर्नु अनुपयुक्त हुने उहाँ बताउनुहुन्छ ।

विद्यालय सञ्चालन गर्ने या नगर्ने भन्ने कुरा कोरोना संक्रमण व्यवस्थापन तथा नियन्त्रण समिति ९सिसिएमसी० को निर्णणबाट मात्र गर्न सकिनेमा उहाँको जोड छ । वर्तमान अवस्थामा विद्यार्थीलाई शिक्षण सिकाई क्रियाकलापसँग जोडिरहनको लागि मन्त्रालयले वैकल्पिक शिक्षाको प्रयोग गर्न सबै विद्यालयलाई आग्रह गरिरहेको पनि शर्माले बताउनुभयो ।

नेपाल शिक्षक महासंघले भन कोरोना संक्रमण दर बिस्तारै घट्दै गए विद्यालयहरु प्रत्यक्ष रुपमै खोल्नुपर्ने बताएको छ ।शिक्षक महासंघका महासचिव तिलक कुँवरले कोरोनाको जोखिम विस्तारै कम हँुदै गईरहे र शिक्षकहरुले खोप लगाउन पाएको खण्डमा साउनको दोस्रो÷तेस्रो साताबाट प्रत्यक्ष रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

अहिले विद्यालयले अनलाईन माध्यमबाट कक्षा सञ्चालन गरीरहे पनि त्यो सबै विद्यार्थीको पहुँचमा पुग्न नसकेको उहाँको दावी छ ।आफूहरुले देशका २० वटा पालिकाहरुमा यसको अध्ययन पनि गरेको उहाँले बताउनुभएको छ ।
निजी तथा आवाशीय विद्यालय अर्गनाईजेशन ९प्याब्सन० ले पनि अब शिक्षकहरुलाई कोभिड बिरुद्धको खोप दिएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भए पनि विद्यालयहरु सञ्चालन गर्नुपर्ने जनाएको छ ।

कोराना संक्रमण दर यहि अवस्थामै रहिरहे साउन दास्रो हप्ताबाट विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनका केन्द्रिय महासचिव कुमार घिमिरेले बताउनुभएको छ ।अहिले बालबालिका अनलाईन शिक्षाका नाममा बढी नकारात्मक क्रियाकलापमा लागिरहेकाले पनि उनीहरुलाई विद्यालयसँग जोड्नु आवश्यक देखिएको उहाँको भनाई छ ।

७५३ वटै स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर जोखिम हेरेर जहाँ –जहाँ सम्भव छ त्यहा–त्यहाँ भौतिक रुपमा बिद्यालय सञ्चालन गर्दै जानुपर्ने उहाँले बताउनुभयो । यसैबीच शिक्षाबिद् प्रा।डा। वद्यानाथ कोईरालाले विद्यालय प्रत्यक्ष रुपमा खोलेर सबै कुरा समाधान हुन्छ भन्ने सोच्न नहुने बताउनुभएको छ ।

अहिले कारोनाको संक्रमण दर पनि धरै मात्रामा कम नभएको र बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले तत्काल विद्यालय खोल्न हतार गर्न नहुने उहाँ बताउनुहुन्छ । यो समय प्रविधिको समय भएकाले पनि प्रविधिमैत्री वैकल्पिक शिक्षामा ध्यान दिनुपर्ने उहाँको आग्रह छ ।

जबसम्म बालबालिका ,शिक्षक र अभिभावक तयार हँुदैनन् तबसम्म विद्यालयमा प्रत्यक्ष सिकाई सम्भव नरहेको उहाँ बताउनुहुन्छ ।अहिले बालबालिकाहरुलाई परम्परागत रुपमा भैरहेको शिक्षणसिकाईलाई परिवर्तन गरी आधुनिक तरिकाले सिकाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!