विराटनगरबाट कटुवा पेस्तोलसहित लागूऔषध कारोबारी गर्ने पप्पु पक्राउ

Radio Nagarik 100.4 MHz शुक्रबार, साउन ०१, २०७८

विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको अररिया जिल्ला जोगबनी नगरपञ्चायत–९ टिकुलियाका ४१ वर्षीय पप्पुकुमार पटेललाई प्रहरीले गरेको हो ।

बुधबार राति साढे १० बजे थोत्रो बोरामा लागूऔषध र हतियार बोकेर पैदल आउने क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल प्रवेश गर्दा उनको हुलिया प्लास्टिकका सामग्री टिप्नेको जस्तै थियो । शंकास्पद देखिएपछि चेकजाँच गर्दा बोराबाट एउटा कटुवा पेस्तोल, लागूऔषध एभिल २९२ र लुपिजेसिक २९५ एम्पुल, एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको छ ।

विराटनगर महानगरपालिका–१६ को सीमावर्ती क्षेत्रबाट पक्राउ परेका पटेललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।

हतियार र लागूऔषध करोबारी पटेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जीसीले जानकारी दिए ।

पटेलको शरीरमा ६ गोली

जोगबनीका बासिन्दा पटेल लागूऔषध र हतियारका पुराना कारोबारी रहेको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार विराटनगर र आसपासमा पक्राउ परेका कारोबारीहरुको ‘कनेक्सन’ पटेलसँग देखिन्थ्यो । तर पटेल पक्राउ परेका थिएनन् ।

पटेलको समूहमा जोगबनीका कुन्दन यादव, विक्रम सिंह, रामचन्द्र यादवलगायत सँगै थिए । तर लेनदेनको विवाद हुँदा कुन्दन, विक्रम र रामचन्द्रले उनीमाथि गोली प्रहार गरे ।

२०७५ जेठ ३० गते जोगबनीमा पटेलमाथि ६ राउण्ड गोली प्रहार भएको थियो । ६ गोली नै लागेका उनलाई स्थानीयबासीले उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाएका थिए । न्यूरोमा उपचार नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भएको थियो । प्रहरी स्रोतका अनुसार बीपीमा पटेलको छाती, हात, तिघ्रा र खुट्टामा गोली लागेको देखिएको थियो ।

गोली प्रहारबाट मुस्किलले बाँचेका पटेलको सक्रियता तीन वर्षयता कम रहेको सुरक्षा संयन्त्रको विश्लेषण थियो । तर लागूऔषधसहित पक्राउ परेका कारण पटेलले गिरोह चलाइरहेको देखिएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जीसीले पटेलको पुराना मुद्दा भए नभएको अध्ययन भइरहेको बताए ।

लागूऔषधका ठूला कारोबारी हुन् भन्ने जानकारी आए पनि सबै विषय खुल्न बाँकी रहेको उनले बताए । करिब एक दशकयता औषधिजन्य लागूऔषधसँगै हतियारको सप्लाई गर्दै आएका पटेल ब्राउन सुगरको मुद्दामा पनि जोडिएको हुन सक्ने प्रहरीको दाबी छ ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!