किसानहरुको लागि २०७८÷७९ को बजेटमा ८७ लाख छुट्याएको छ ।
सुनसरी । मङ्गलबार देशभर राष्ट्रिय धान दिवस मनाएको हो । त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका धान रोपेर धान दिवस मनाएको छ । धान दिवसको आवसरमा गाउँपालीकी उपाध्यक्ष तथा कार्यबाहक अध्यक्षले भन्नुभयो किसानहरुको लागि २०७८÷७९ को बजेटमा ८७ लाख छुट्याएको छ । गाँउपालिका भित्र रहको कृषि सहकारी बीउँबिजन सम्बन्धि तालिम, पानी तान्ने मोटर,खादमल, मकै, धानको बीउँमा छुट उपलब्ध गराउने लगायतको कार्यक्रम रहेको बताउनुभयो । हामीले केहिदिन अगाडी किसानहरुलाई मकै प्रबद्र्धन कार्यक्रममा बोडिङ्ग, त्रिपाल,जिंक, पानी तान्ने मोटर, स्पीयर, लगायत धानको बिउँ लगभग ८ सय किसानलाई कृषि सहकारी मार्फत बितरण गरिसकेको भन्नुभयो । त्यसैगरी कृषि शाखाको प्रमुख मेनुका चौधरी भन्नुभयो भोक्राहा नरसिंह गाउँपालीकामा मलमा समस्या खसै नरहेको र बजारमा समस्या रहेको छ । यहाँको किसानहरु धान, मकै,उखु, केरा, लगायत खेती हुने गरेको छ । अहिले भोक्राहा नरसिंह गाउँपालीकामा ५० प्रतिशत धान रोपाई भईसकेको बताउनुभयो ।
प्रदेश १ मा तीन लाख मेट्रिक टनभन्दा बढी उत्पादन
प्रदेश १ धानमा आत्मनिर्भर रहेको छ । यो प्रदेश आत्मनिर्भर मात्र होइन, वार्षिक तीन लाख मेट्रिक टन अन्य प्रदेशलाई पनि पठाउँछ । यो प्रदेशलाई करिब १० लाख मेट्रिक टन धान भए पुग्छ जब कि यसको उत्पादन १३ लाख मेट्रिक टनभन्दा बढी छ । यो प्रदेशका तराईका तीन जिल्लाको तीन लाख ४० हजार हेक्टर क्षेत्रफललाई धान खेतीयोग्य मानिन्छ ।
तीन लाख २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । अनुकूल मौसम, उन्नत बीउ तथा मल, सिँचाइयोग्य जमिनको सहज प्रबन्धका कारण बर्सेनि उत्पादकत्व भने बढ्दै गएको छ । प्रदेश १ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीका अनुसार पछिल्लो १० वर्षमा धान खेतीयोग्य २५ हजार हेक्टर क्षेत्रफल जमिन घटेको छ । यद्यपि अनुकूल मौसमका कारण गत वर्ष समयमै धान रोपिएका कारण २०७६÷७७ को तुलनामा २०७७÷७८ मा दुई हजार ६२५ हेक्टर थप क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।
उहाँका अनुसार पछिल्लो १० वर्षमा धान प्रतिहेक्टर तीन मेट्रिक टनबाट चार मेट्रिक टन उत्पादकत्वमा वृद्धि भएको छ । रोग कीराको प्रकोप नहुँदा र समयमै वर्षात् भएका कारण आर्थिक वर्ष २०७६÷७७ को तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा धानको उत्पादन वृद्धि भएको हो ।
प्रदेश १ मा गत वर्ष १३ लाख ११ हजार २४५.१४७ मेट्रिक टन र अघिल्लो वर्ष ११ लाख ९८ हजार ७४०.५० मेट्रिक धन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष धानको उत्पादकत्व ३.७४ प्रतिहेक्टर रहेको थियो भने गत वर्ष ३.९४ प्रतिहेक्टर देखिएको छ । यो वर्षसमेत मौसम अनुकूल रहेका कारण असार १४ गतेसम्म ६१ हजार ५४१ हेक्टर क्षेत्रफल अर्थात् १८ प्रतिशत रोपाइँ सकिएको प्रवक्ता उप्रेतीले जानकारी दिए ।