सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाले अगामी आर्थिक वर्षका लागि योजना, निति तथा कार्यक्रम गाउँसभाबाट सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०८९ को ४९ करोड ४२ लाख ८८ हजार ४७६ रुपैयाँ बराबरको बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
गाउँपालिकाको सभाहलमा बिहीबार आयोजित दसौँ गाउँसभा कार्यक्रमका बीच भोक्राहा नरसिंह गाउँपालिकाकि कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि चालु खर्चतर्फ २६ करोड ८९ लाख ४५ हजार २३९ र पुजिगत खर्चतर्फ २२ करोड ५३ लाख ४३ हजार २३७ रुपैयाँ गरी ४९ करोड ४२ लाख ८८ हजार ४७६ रुपैयाँ बराबरको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेका गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मेहताले बताउनुभयो ।