एभरेष्ट साइन्स सेन्टर नेपालको रजत जयन्ती भव्य रूपमा सम्पन्न, नासा वैज्ञानिकको विशेष प्रस्तुति मुख्य आकर्षण

भोजराज घिमिरे बुधबार, माघ २९, २०८२

विराटनगर।
एभरेष्ट साइन्स सेन्टर नेपाल, शान्तिवनले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) माघ २६ देखि २८ गतेसम्म विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा आयोजित उक्त कार्यक्रम हरेक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिएको आयोजकले जनाएको छ।
रजत जयन्ती समारोहको मुख्य आकर्षणका रूपमा अमेरिकाको अन्तरिक्ष संस्था (NASA) का वरिष्ठ वैज्ञानिकहरूको विशेष प्रस्तुति रहेको थियो। विज्ञान तथा अन्तरिक्षसम्बन्धी समसामयिक विषयमा केन्द्रित प्रस्तुति तथा अन्तरक्रियात्मक सत्रले विद्यार्थी, शिक्षक तथा विज्ञानप्रेमीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याएको विश्वास गरिएको छ। कार्यक्रममा अन्तरिक्ष अनुसन्धान, आधुनिक प्रविधि तथा भविष्यका वैज्ञानिक सम्भावनाबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम अवधिभर विभिन्न प्रयोगात्मक तथा आकर्षक वैज्ञानिक गतिविधिहरू प्रदर्शन गरिएका थिए। सहभागी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा वैज्ञानिक प्रयोगमा सहभागिता जनाउँदै सिक्ने अवसर प्राप्त गरेका थिए। सेन्टर परिसरमा अवस्थित डायनासोर सङ्ग्रहालयको अवलोकन, ‘यो जादु हो कि जादु होइन’ शीर्षकको विशेष विज्ञान कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक सोच र जिज्ञासा अभिवृद्धि गरेको जनाइएको छ।
त्यसैगरी, विद्यार्थीहरूलाई सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा शैक्षिक अवलोकन भ्रमण गराइएको थियो। भ्रमणका क्रममा अर्ना, विभिन्न प्रजातिका चरा, हात्ती, गोही तथा डल्फिनलगायतका वन्यजन्तुहरू प्रत्यक्ष अवलोकन गराइएको थियो, जसले जैविक विविधता र वातावरण संरक्षणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेको आयोजकको भनाइ छ।
रजत जयन्ती समारोहका अवसरमा विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै नेपाल स्वस्थ फुड इन्डस्ट्रिज प्रा. लि.., विराटनगर–५, मोरङ ले “पौष्टिक तत्वयुक्त खाजा, गुणस्तरीय शिक्षा” भन्ने नारासहित पौष्टिक परिकार वितरण गरेको थियो। कम्पनीले खिर तथा खिचडी जस्ता पोषणयुक्त खाना उपलब्ध गराउँदै शैक्षिक कार्यक्रमसँगै स्वस्थ आहारको सन्देश प्रवाह गरेको जनाएको छ।
साँझपख ‘रुद्राक्ष ब्याण्ड’द्वारा प्रस्तुत सांगीतिक कार्यक्रमले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो। साथै, रातिको समयमा दूरबिनमार्फत तारा तथा ग्रहहरूको अवलोकन कार्यक्रम सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई खगोल विज्ञानको प्रत्यक्ष अनुभव दिलाएको थियो।
उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अवलोकन तथा भ्रमण गर्नुभएको थियो। सो अवसरमा उहाँले पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा एभरेष्ट साइन्स सेन्टर नेपालको लोगो अंकित टि–सर्ट तथा भेस्टको अनावरणसमेत गर्नुभएको थियो।
एभरेष्ट साइन्स सेन्टर नेपालका निर्देशक तथा सीईओ कार्यकारी प्रमुख डा. दिलिप कुमार अधिकारी ले रजत जयन्ती समारोह सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सहयोगी संस्थाहरूलाई विशेष धन्यवाद दिनुभएको थियो। उहाँले सबैको सक्रिय सहभागिता र सहकार्यका कारण कार्यक्रम ऐतिहासिक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको उल्लेख गर्नुभयो।
एकै स्थानमा विज्ञान, अन्तरिक्ष, शैक्षिक तथा मनोरञ्जनात्मक गतिविधि समेटिएको उक्त कार्यक्रमलाई नेपालमै दुर्लभ अवसरका रूपमा लिइएको छ। आयोजकले भविष्यमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!