जनगणनाको काम साउनबाट सुरु गर्ने तयारी

Radio Nagarik 100.4 MHz सोमबार, जेठ ३१, २०७८

काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ । तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका अनुसार कोरोना महामारीको अवस्था असारसम्ममा कम भए सरकारसँग अनुमति लिएर साउनदेखि शुरु गरेर भदौ वा असोज भित्रमा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई हेर्ने र सरकारले गर्ने निर्णयका आधारमा गणनाका काम अघि बढाइने लामिछानेले बताउनुभयो । यसअघि विभागले सुपरिवेक्षक नियुक्त गरी पाँच दिन तालिम दिइसकेको र दुई दिनको तालिम दिन बाँकी छ । यता विभागले १२ औं जनगणना गर्न प्रत्यक्ष रुपमा जनतासमक्ष पुग्नका लागि ४३ हजार गणक नियुुक्ति प्रक्रियासमेत साउनबाटै सुरु गर्ने जनाएको छ । गणक नियुक्तिसँगै तालिम दिएपछि तत्काल फिल्डमा खटाएर गणना सुरु गर्ने लक्ष्य राखेको छ ।
महामारीको अन्त्य हुन नसके के गर्ने भन्ने विषयमा विभागले सरकारसँग राय माग गर्ने तयारी सुरु गरेको जनाएको छ । दश÷दश वर्षमा गरिने राष्ट्रिय जनगणना कार्यक्रमको करिव ८५ प्रतिशत काम सम्पन्न गरिसकेको विभागले जनाएको छ ।
यसअघिको कार्यतालिका अनुसार तालिम गोष्ठीलगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम भएकाले तत्कालका लागि स्थगित गर्ने तथ्याङ्क विभागको अनुरोधमा मन्त्रिपरिषद्ले स्थगित गरेको थियो । वैशाख १५ गतेदेखि सुपरीवेक्षकहरुका लागि तालिम दिन सुरु गरे पनि यो तालिम बीचैमा स्थागित भएको थियो । कार्यतालिका अनुसार वैशाख २६ गतेदेखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो । गणकलाई तालिम दिएपछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना सुरु गर्ने कार्यतालिका थियो ।
विभागले एक गाउँपालिकामा १० जनासम्म गणक पठाएर गणना गर्नेछ । दश वर्षपछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिएर यो कार्यक्रम गर्ने तयारी सरकारको छ ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!