देवानगञ्जबाट स्रोत नखुलेको १४ लाख रकमसहित २ जना पक्राउ

Radio Nagarik 100.4 MHz सोमबार, जेठ २४, २०७८

देवानगञ्ज, २४ जेठ । सुनसरीको देवानगञ्ज गाउँपालिका ५ साहेबगञ्जबाट स्रोत नखुलेको १४ लाख रकमसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनोदकुमार साह र रोशन साह रहेका छन् ।

मोटरसाइकलमा विराटनगरतर्फ जाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधवप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार साहेबगञ्ज बिओपीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

साहेबगञ्जबाट प्र ०१–०२०४० प ५४९९ नम्बरको मोटरसाइकलमा विराटनगरतर्फ जाँदै गरेका उनीहरुलाइ चेकजाँच गर्नेक्रममा सो रकम फेला परेको हो । पक्राउ परेकाहरुको साथबाट विभिन्न बैंकको खाली भौचरसमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरु हुण्डी कारोवारी रहेको हुन सक्ने प्रहरीको आंशका छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!