अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतलाई ५० प्रतिशत जोखिम भत्ता

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख २२, २०७८

प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ ।

यसअघि संघीय सरकारले ५० प्रतिशत भत्ता दिने निर्णय गरेको थियो । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले खटाएका फ्रन्टलाइनरलाई सुरु तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको हो ।सामाजिक विकास मन्त्री उषाकला राईका अनुसार कोरोना महामारीमा खटिएका फ्रन्टलाइनरको मृत्यु भए परिवारलाई २५ लाख रुपैयाँ राहत दिने निर्णय पनि भएको छ ।

प्रदेश सरकार मार्फत कोरोना संक्रमितको पहिचान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मी र कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएमा परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको उनले बताइन् ।

बैठकले फ्रन्टलाइनरलाई संक्रमण पुष्टि भए उपचार खर्च व्योहोर्ने निर्णय गरेको छ । कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभए प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजासहितको क्वारेन्टिनमा राख्ने पनि निर्णय गरेको छ ।

क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिन बापतको खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको लागि विनियोजित बजेटबाट भुक्तानी गर्ने पनि निर्णय भएको उनले बताइन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!