कोभिड उपचारमा नीजि अस्पताललाई पाँच वेड छुटयाउ इटहरी उपमहानगरको आग्रह

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख २२, २०७८

कोभिड संक्रमण वढदै गएको वेला इटहरी उपमहानगरले इटहरीका नीजि अस्पतालहरुसँग कोभिड उपचारका लागि पाँच वेड छुटयाउने विषयमा छलफल गरेको छ । इटहरीमा १५ वेड सम्म संचालन भएका अस्पतालहरु सँग छलफल गरिएको हो । छलफलमा कोभिड संक्रमणको जोखिम पूर्ण परिस्थितिलाई मिलेर सामना गर्न पाँच शैया कोभिड उपचारमा छुटयाउन उपमहानगरले गरेको प्रस्तावमा नीजि अस्पतालहरु सकारात्मक देखिएका छन । ब्यवस्थापकहरु बिच आन्तरिक छलफल गरेर अर्को वैठकमा निर्णय दिइने नीजि अस्पताल संचालकहरुले वताएको उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले वताउनुभयो । नीजि अस्पतालमा छुटटै फिवर क्लिनिक राखेर अन्य विरामी र कोभिडका विरामीलाई सुरक्षित साथ उपचार गराउन तयारीमा लाग्न उपमहानगरले नीजि अस्पताल सँग प्रस्ताव गरेको हो । छलफलमा इटहरीको सामुदायिक,मेदान्त,एपेक्स र पशुपति मोडल अस्पतालका संचालकको सहभागिता थियो । यसैबिच इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीमा रहेका अक्सिजन उद्योगहरुको अनुगमन गरिएको छ । इटहरीका दुईवटा अक्सिजन उद्योगको अनुगमन पछि उपप्रमुख गौतमले इटहरीमा अक्सिजनको अभाव नहुने वताउनुभएको छ ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!