मिथिलामा चौरचन पर्व मनाइँदै

डुमरलाल मेहता शुक्रबार, भाद्र २१, २०८१

विराटनगर । प्रत्येक वर्षको भाद्र शुक्ल पक्ष गणेश चतुर्थी तिथिका दिन चौरचन (चौठ चन्द्र) पर्व आज मनाउदै छ । धुमधामका साथ तराई-मधेसको मिथिला क्षेत्रमा मनाइने खासगरी मधेसी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक व्रत बसेर मनाउने गरिएको छ ।
यो पर्वले विभिन्न खालका पुत्र लाभ र धन तथा पापबाट मुक्ति हुने जनविश्वास छ । सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली व्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन व्रत समापन गर्ने मैथिली परम्परा छ । दिनभर व्रत बसेर साँझ आँगनमा पिठार (चामलको पिठो) अरिपन दिई गोलाकार चन्द्रमा मण्डलमा केराको पात राख्दै त्यसमा पकवान, मिठाई लगायतका पर्सादहरु राख्ने गरिन्छ ।
चौठचन पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर साँझपख गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् । मुकुटसहित चन्द्रमातिर बनाएको प्रतीक (अरिपन)मा केराको पातमा रोहिणीसहित चतुर्थी चन्द्रमाको पूजा सेतो फूलले गर्ने परम्परा रहेको छ ।
नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइ, नरिवल, केरा, पुरीलगायतका सामग्री राखेर पूजा गरिन्छ । पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन् । खासगरी खीर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल पकवानयुक्त डाली र दहीको छाली अरिपनमा सजाएर केराको घरी, दीपयुक्त कुडवार (माटोको कलश), लावन आदि पूजा सामग्री राख्ने परम्परा छ । एक-एक डाली(छाछी), दही, केराको घरी (हत्ता) उठाएर मन्त्र पढ्‌दै प्रत्येक व्यक्तिले हातमा फललिएर चन्द्रमाको दर्शन गरी अशिर्वाद लिने चलन छ । चन्द्रमालाई अर्ग दिएर तथा देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुने गरेको रेडियो नागरिकका  फुलडाली कार्यक्रम सञ्चालिका कविता झाले बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!