प्रहरी अस्पताल द्वारा देवानगञ्जमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न

डुमरलाल मेहता शनिबार, भाद्र ०१, २०८१

विराटनगर । सुनसरीको देवानगञ्जमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाको सहयोग र देवानगञ्ज गाउँपालिका र वडा नम्बर ६ को संयुक्त  आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा ५ सय भन्दा बढी बिरामीहरुले सेवा लिएको कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाले जनाएको छ । शिविरमा बरिष्ट मुख तथा अनुहार, जनरल फिजिसियन, नवजात शिशु तथा बालरोग, छाती, पेट, मुटु, प्रसुती तथा स्त्री रोग बिशेषज्ञ प्रहरी डाक्टरहरुले चेकजाँच गरेको थियो भने निशुल्क औषधी वितरण गरेको  देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्दन मेहताले बताउनुभयो ।
उक्त शिविरमा उद्घाटन गर्दै कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले सुनसरीको देवानगञ्जमा पहिलोपटक शिविर सञ्चालन भएको छ। असाध्य ठुलो धर्म हो यो जुन आज हामीले जुन बृहत नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । विभिन्न ठाउँमा प्रहरी अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको काफ्लेले बताउनुभयो ।
यस्तै गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले प्रहरी अस्पतालले देवानगञ्ज गाउँपालिकालाई छनौट गरेर आज शिविर सञ्चालन गरेकोमा धन्यवाद दिदै आजको शिविरबाट बढी भन्दा बढी बिरामीहरुले लाभ लिने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यलाय सुनसरीका प्रहरी नायव उपरिकक्ष नविनकृष्ण भण्डारी, देवानगञ्ज ६ का वडा अध्यक्ष हरिनन्दन मेहताले शिविरको विषय मन्तव्य राख्नुभएको थियो ।

गाउपालिका अध्यक्ष बेचन प्रसाद मेहता ज्यूको प्रमुख आतिथ्य तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले ज्यू, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी ज्यू, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीका प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा. सरोज सिंह ज्यूको बिशेष आतिथ्यमा उक्त शिविर सम्पन्न भएको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!