गोल्डेन हस्पिटलको नवनिर्मित भवन उद्घाटन समारोह सम्पन्न

Radio Nagarik 100.4 MHz सोमबार, साउन २८, २०८१

विराटनगर । विराटनगर ११ स्थित जनपथ टोलमा निर्मित गोल्डेन अस्पतालको नयाँ भवन उद्घाटन भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भवनको उद्घाटन गरिएको हो ।

विराटनगरको हस्पिटल चोकबाट संचालन हुँदै आएको गोल्डेनले अब भने आफ्नै भवनबाट सेवा दिने भएको हो । करिब ४८ करोड लागतमा सुबिधासम्पन्न भवन निर्माण गरेको अस्पतालले केही समय पुरानो ठाउँबाट पनि सेवा संचालन गरिने अस्पतालका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारले जानकारी दिनुभयो ।
१५ शय्याबाट सेवा सुरु गरेको गोल्डेनले नयाँ भवनबाट भने सय शय्याको सेवा प्रदान गर्ने छ । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विराटनगर नेपालको स्वास्थ्य क्षेत्रमा अग्र स्थानमा रहेको बताबताउनुभयो ।

उहाँले भन्नुभयो , ‘मुलुकको स्वास्थ्य सेवा महंगो बन्दै गइरहेको छ । यसको मारमा विपन्न वर्गलाई परिरहेको छ । विपन्नले स्वास्थ्य सेवा पाउन पनि मुस्किल भइरहेको छ । यसको अन्त्य हुन आवश्यक छ ।’ उहाँले सबै जनताले सरल र सहज हिसावले स्वास्थ्य सेवा पाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पूर्वमन्त्री शिवकुमार मण्डलले स्वास्थ्य र शैक्षिक क्षेत्रले विराटनगरको अर्थ व्यवस्था चलायमान भएको उल्लेख गर्नुभयो । स्वास्थ्य उपचारका नाममा नेपाली पैसा भारतमा गइरहेको अवस्थामा यँही सुबिधासम्पन्न अस्पताल भएको खण्डमा नेपाली पैसा नबाहीरिने बताउनुभयो । उहाँले आर्थिक अवस्थालाई बुझेर सबैले सहज र सरल स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले विपन्नलाई पनि सहज सेवा दिएर मानवीय सेवा गर्न पनि अस्पतालहरू चुकिरहेकाले यसको अन्त्य हुन आवश्यक रहेको बताउनुभयो ।
कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर शिक्षा र स्वास्थ्य क्षेत्रको हब बन्दै गएको बताउनुभयो । उहाँले सबै किसिमका स्वास्थ्य सेवामा नेपालका डाक्टर र हस्पिटल अब्बल छन् भन्ने दृष्टान्त दिनेगरी गोल्डेनले काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘आँखाको उपचारका लागि विराटनगरमा भारतलगायतका स्थानबाट आउँछन् । अन्य स्वास्थ्य सेवामा पनि यस्तै बनाउन आवश्यक छ ।’

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!