बर्जुको किक्क अफ मीटिंग सम्पन्न

डुमरलाल मेहता आइतबार, जेठ २०, २०८१

विराटनगर । एजुकेशन सर्पोट वास एण्ड अदर अफ ग्रेड इन बर्जु परियोजना अन्तर्गत किक्क अफ मीटिंग सम्पन्न भएको छ । एल.डी.एस.सी हङकङको आर्थिक सहयोग, बर्जु गाउँपालिकाको सहकार्य र स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपालको प्राबिधिक सहयोगमा शुक्रवार विराटनगरको एक होटलमा किक्क अफ मीटिंग सम्पन्न भएको हो।

एजुकेशन सर्पोट वास एण्ड अदर अफ ग्रेड इन बर्जु परियोजनाले पहिलो चरणमा १६ वटा विद्यालयमा शैक्षिक सुधारको लागि काम गर्नेछ। विद्यालयमा भएका इ.सी.सी.डी कक्षाहरुको मर्मत सम्भार आवश्यक शैक्षिक सामग्री, खानेपानीको लागि फिल्टर , शौचालय निर्माण तथा मर्मत सम्भार गर्नुका साथै किशोर किशोरीहरुक लागि महिनावारी तथा सरसफाई सम्बन्धी कक्षाहरु संचालन गर्ने हर्ड नेपालका अध्यक्ष राकेश यादवले जानकारी दिनुभयो । अध्यक्ष यादवका अनुसार प्याड बनाउनका लागि भेन्डिङ्ग मेसिन समेत जडान गरिदिनेछ र यो परियोजनाको समय अवधि ११ महिनाको रहेको बताउनुभयो।
यो परियोजनाले गाउपालिका भित्र रहेका विद्यालयको भौतिक पूर्वाधार सुधार, विद्यार्थीहरूको स्वास्थ्य र सरसफाईमा सकारात्मक प्रभाव पार्नेछ। परियोजनाको अन्तर्गत, विद्यार्थीहरूको उपस्थिति र शैक्षिक उपलब्धिमा वृद्धि हुने अपेक्षित छ। समुदायको सहभागिता र सहयोगले परियोजनाको दिगोपनामा सहयोग पुग्ने र परियोजनाले स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच सहकार्य र समन्वय बढाउनेछ।
यस परियोजनाबाट बर्जु गाउँपालिकाका विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्दै समुदायको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ राय,प्रमुख प्रसासकिय अधिकृत तेजिन्द्र गौतम , एल.डए.एस.डीका अध्यक्ष, शिक्षा शाखा प्रमुख , वडा अध्यक्षहरु, १६ वटा विद्यालयका शिक्षकहरु, हर्ड नेपालका अध्यक्ष राकेश यादव लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!