विश्व छारे रोग दिवसको अवसरमा न्यूरोले जनचेतनामूलक र्‍यालीले निकाल्ने

Radio Nagarik 100.4 MHz शुक्रबार, चैत्र ०९, २०८०

विराटनगर । विराटनगरस्थित विश्व छारे रोग दिवसको अवसरमा न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी अस्पतालले जनचेतनामूलक र्‍यालीले निकाल्ने भएको छ ।

यही मार्च २६ मा विश्वभर आयोजना गरिने विश्व छारे रोग दिवसको अवसर पारेर आयोजना गरिने कार्यक्रमहरुका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा न्युरोले यस्तो जानकारी दिएको हो ।

अहिले पनि न्युरोमा ३ हजार जना यसका विरामीहरु नियमित उपचारका क्रममा रहेको अस्पतालका प्रवन्धक भारत श्रेष्ठले जानकारी दिनुभयो ।

हस्पिटलले २५ हजार भन्दा बढी छारे रोगका विरामीहरुको सफल उपचार गरेको छ ।

कार्यक्रममा प्रत्येक सय जनामा एकजनामा छारे रोग लाग्ने विभिन्न तथ्याङकहरुले देखाएको र बालबालिकाहरुमा यो रोग बढी देखिएको अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा। बिरेन्द्रकुमार बिष्टले जानकारी दिनुभयो ।

विश्व छारे रोग दिवसका अवसरमा न्युरोले यही चैत १३ गते सचेतनामुलक प्रभात फेरीको आयोजना समेत गरेको छ ।

विहान अस्पताल परिसरबाट सुरु हुने प्रभात फेरीले नगरको विभिन्न क्षेत्रको परिक्रम गर्ने कार्यक्रम रहेको प्रवन्धक श्रेष्ठले जानकारी दिएको छ ।

विभिन्न प्लेकार्ड, व्यानर सहित निकालिने ¥यालीले नगरको परिक्रममा गर्दै जनचेतना फैलाउने उहाँले बताउनुभयो।

यस्तै १४ गते न्युरोले अनुभव साटासाटको कार्यक्रम राखेको छ । यस्तै दिवसकै अवसरमा न्युरोले ११ गते देखि १६ गतेसम्म निःशुल्क ओपिडी सेवा दिने घोषणा समेत गरेको छ ।
छारे रोगको उपचारका लागि चाहिने सम्पूणै उपकरणहरु तथा विशेषज्ञ टिम आफूहरुसँग रहेको न्युरो अस्पतालले बताएको छ ।

अस्पतालले छारे रोगसम्बन्धी निबन्ध प्रतियोगिता समेत आजै सम्पन्न गरेको छ । अस्पतालका अध्यक्ष डाक्टर विष्टका अनुशार छारे रोग अन्धविश्वासको घटक नभई एउटा नशासम्बन्धि समस्या हो ।

छारे रोग नशा सम्बन्धी रोगको लक्षण हो तर यसप्रति व्याप्त अन्धविश्वास, भ्रम तथा रुढीवादी परम्पराले गर्दा यस रोगका बिरामीहरु सही उपचार नपाएर गाउँघरमा अल्मलिने गरेका छन् ।

सही समयमा सही उपचार पाएको खण्डमा यस्ता विरामी निको हुन्छन् र सामान्य जिवन व्यतित गर्न सक्छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!