आफूले चाहेको समयमा बच्चा जन्माउनका लागि शुक्रकीट भण्डारण काम सुरु

Radio Nagarik 100.4 MHz सोमबार, फाल्गुण २८, २०८०

काठमाडौं। थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ । अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा. विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु गरेको बताउनुभयो ।

उहाँका अनुसार शुक्रकीट भण्डारण गर्नुको मुख्य उद्देश्य भविष्यमा हुने प्रजनन क्षमताको समाधान हो । जनचेतनाको अभावले १० जनालाई परामर्श दिएको एक जनाले मात्र सेवा लिने गर्ने उहाँ बताउनुहुन्छ । डा. थापाका अनुसार अस्पतालले यो सेवा सुरु गरेको पाँच महिना भयो । यो अवधिमा १५ जनाभन्दा बढी पुरुषले शुक्रकीट भण्डारण गरिसकेका छन् । भण्डारण गरिराखेको शुक्रकीटबाट दुई जना गर्भवती भएका छन् । यो सेवा वैदेशिक रोजगारमा जाने दम्पतीका लागि निकै प्रभावकारी हुने थापाको भनाइ छ ।

डा. थापाका अनुसार सम्पर्क नभएको समयमा हस्तमैथुनको माध्यमबाट वीर्य निकाली त्यसबाट शुक्रकीट निकालिन्छ । निकालिएको शुक्रकीट लिक्युड नाइट्रोजनमा राखेर स्पर्म फ्रिज मिडियाको प्रयोग गरेर भण्डारण गर्ने गरेको उहाँको भनाइ छ । यसरी भण्डारण गरेर राखेको शुक्रकीट आफूले चाहेको समयमा दम्पतीले बच्चा जन्माउन सक्ने थापा बताउनुहुन्छ । महिलाको अण्डा भण्डारण गर्दा प्रक्रिया अलि झन्झटिलो र महँगो हुने डा.थापाको भनाइ छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!