भारतसँगको सिमानामा रहेको बर्जु सशस्त्रको बिओपी उद्घाटन

Radio Nagarik 100.4 MHz बुधबार, फाल्गुण २३, २०८०

विराटनगर। सुनसरीको दक्षिणी सीमावर्ती बर्जु गाउँपालिका वडा नं. ४ मा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्टको बुधबार उद्घाटन गरेको छ ।

कोरोना महामारीका बेला हर्बोनीमा स्थापना भएको फरवार्ड बेसलाई सशस्त्र प्रहरी बलले बिओपीका रूपमा सञ्चालनमा ल्याएको हो । बर्जु गाउँपालिका नं. ४ मा स्थापना भएको उक्त बिओपीको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्घाटन गर्नुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङ, बर्जु गाउँपालिकाका पुर्व अध्यक्ष रघुनदन्न चौधरी र बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार राय लगायत स्थानीयहरुको उपस्थितिमा उक्त बिओपीको उद्घाटन गरिएको हो ।

सशस्त्र प्रहरी बलले विराटनगरका रोमी जैनले उपलब्ध गराएको चार कट्ठा र बर्जु गाउँपालिकाले उपलब्ध गराएको दुई कट्ठा गरी छ कट्ठा क्षेत्रफलमा बिओपी निर्माण गरेको छ । सीमासुरक्षा र चोरीतस्करी नियन्त्रणसँगै सीमा अपराध रोक्न बिओपीबाट मद्दत मिल्ने बराह बाहिनीका बाहिनीपति पोखरेलले बताउनुभयो । बिओपीबाट ३ दशमलव ९ किलोमिटर क्षेत्रभित्रका ५१ वटा सीमास्तम्भको रेखदेख हुनेछ । हर्बोनीमा बिओपी उद्घाटन भएसँगै सुनसरीमा सशस्त्र प्रहरीको बिओपी सङ्ख्या नौ पुगेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!