मोरङमा फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाईने

डुमरलाल मेहता बिहिबार, फाल्गुण १०, २०८०

विराटनगर । स्वास्थ्य कार्यालय मोरङले आज विराटनगरमा सरोकारवालासँग गरेको अन्तरक्रिया कार्यक्रममा फागुन १३ देखि खोप लगाउने जानकारी दिएको हो ।
मोरङका १७ वटै स्थानीय तहका १५९ वडाका ९ महिना देखि १५ वर्ष सम्मका २ लाख ८१ हजार २६३ जनालाइ खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार ९ महिना देखि ५९ महिना भित्रमा ८० हजार ४५५ र ५ वर्ष देखि १५ वर्ष सम्मका २ लाख ८०८ गरि २ लाख ८१ हजार २६३ जनालाई खोप लगाईने छ ।

मोरङ भरि १ हजा र ५८८ खोपकेन्द्र, ३ हजार १७० स्वास्थ्यकर्मी र ४ हजार ७६४ जना स्वयंसेवक परिचालन हुने छन् । दादुरा रुवेला विरुद्धको राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गते सम्म भएपनि मोरङमा चैत २ गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जहदा गाउँपालिकाबाट अभियानको शुभारम्भ गरिने कार्यालय प्रमुख डा. मेहताले बताउनुभयो ।

दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य राखिएको छ । सोही अनुसार राष्ट्रियव्यापी अभियान शुरु गर्न लागिएको हो । यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिएपनि संभव नभएपछि सन् २०२६ लाई निर्धारण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठले बताउनुभयो । दादुरा–रुवेला विरुद्धको खोपको राष्ट्रिय अभियानमा सबै पक्षको सहयोग आवस्यक भएको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, शिक्षा विकास तथा समन्वय इकाई मोरङकाटंक गौतम, निजी अस्पताल सञ्चालकहरुको संघ अफिनका कोशी प्रदेश अध्यक्ष डा. शंकर अधिकारी लगायतले धारणा राख्नुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!