रोबोट र मानवको प्रेमकथा

Radio Nagarik 100.4 MHz मंगलबार, फाल्गुण ०८, २०८०

काठमाडौँ। चलचित्र ‘तेरी बातों में ऐसा उल्झा जिया’ प्रेमकथामा आधारित भए पनि यसभित्र एआई प्रविधिलाई अनौठो शैलीमा देखाइएको छ । चलचित्रले रोबोट र मानिसबिचको भावनात्मक सम्बन्धलाई चित्रण गर्छ । अमित जोशी र आराधना शाहले निर्देशन गर्नुभएको चलचित्रमा लामो समयको अन्तरालपछि कलाकार शाहिद कपुर मायाप्रेम र हास्यप्रधान भूमिकामा देखिनुभएको छ भने कृति सेनन एआई रोबोटको भूमिकामा हुनुहुन्छ ।

आर्यन (शाहिद कपुर) एक रोबोट वैज्ञानिक हुन् । परिवारका सदस्यहरूले उनलाई विवाहका लागि बारम्बार घचघच्याइरहेका हुन्छन् तर उनलाई कुनै केटी मन पर्दैन । विवाहको कुरा सुन्नेबित्तिकै उनी परिवारबाट टाढा भाग्ने गर्छन् । आर्यनकी काकी उर्मिला (डिम्पल कपाडिया) महिला रोबोट हुन् । उनले वैज्ञानिक शक्तिबाट सिफ्रा (कृति सेनन) नामक रोबोट बनाउँछिन् । जब आर्यनले काकी उर्मिलाको अफिसमा सिफ्रालाई भेट्छन्, उनी प्रेममा पर्छन् । सुरुमा उनी रोबोट हुन् भन्ने थाहा हुँदैन तर पछि थाहा पाएपछि भने उनको मन छिया छिया हुन्छ । आर्यन सिफ्रालाई बिर्सन सक्दैनन् । स्वदेश फर्किएपछि उनले प्रयोगको बहानामा सिफ्रालाई भारत बोलाउँछन् । उनले घरका आफन्तसँग आफ्नी प्रेमिकाका रूपमा उनलाई चिनाउँछन् । परिवारले पनि सुन्दर र सभ्य सिफ्रालाई खुसीसाथ स्वीकार गर्छ । उनीहरूको विवाह तय हुन्छ तर विवाहको समयमा सिफ्राभित्र प्राविधिक समस्या आउँछ । चलचित्रमा शाहिद र कृति दुवैले आआफ्ना भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । वैज्ञानिकको भूमिका शाहिदलाई सुहाएको देखिन्छ । प्रायः सबैखाले अभिनयमा जम्ने उनको अभिनय शैलीको जति तारिफ गरे पनि कम हुन्छ । रोबोटको भूमिकामा रहेकी कृतिले आफ्नो भूमिकामा न्याय गरेकी छन् । आजको समयमा जुनसुकै रोबोटमा एआई प्रविधिको विकास भइरहेको छ, त्यसरी नै रोबोटको शैलीमा कृतिमा सबै गुण देखिन्छ । अन्य कलाकार धर्मेन्द्र, डिम्पल कपाडिया, राजेश कुमार, अनुभा फतेहपुरिया, आशिष वर्मा, रसुल टन्डन, राकेश बेदीलगायतका कलाकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।

रोबोटको विषयमा चलचित्र नबनेका भने होइनन् । करिब १४ वर्षअघि प्रदर्शन भएको साइन्स फिक्सन चलचित्र ‘रोबोट’ मा मानिस र मेसिनबिचको युद्धलाई रोचक ढङ्गले चित्रण गरिएको थियो । त्यस्तै हलिउडमा पनि रोबोटको विषयमा धेरै चलचित्र निर्माण भएका छन्; जसमा मानवीय सिपले बनाएको मेसिनले गरेको विनाशलाई देखाइएको छ ।

चलचित्रको कथाको अवधारणा राम्रो छ । कथाको बिचमा यस्ता धेरै पल आउँछन् जसले दर्शकको अनुहारमा मुस्कान ल्याउने काम गर्छ । चलचित्रका सबै गीत उत्कृष्ट छन् । ‘तेरी बातों मै’ बोलको गीत अहिले सामाजिक सञ्जालमा मानिसको पहिलो रोजाइ बनेको छ । यसका साथै यी गीतमा कृति र शाहिदको निकै राम्रो नृत्य पनि देख्न सकिन्छ

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!