सङ्क्रमितका लागि घर–घर अक्सिजन पु¥याउदै मेयर पराजुली

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख २२, २०७८

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजन पु¥याउन थालेका छन् । बजारमा अक्सिजन पाउन गाह्रो छ । अक्सिजन नपाएका सङ्क्रमितका लागि मेयरले सिलिन्डर बोकेर घर–घर पु¥याउन थालेका हुन् ।

‘मेरो गाडीमा अक्सिजन पिपिईलगायत स्वास्थ्य सामग्री भइरहन्छ,’ उनले भने, ‘जनताले फोन गर्छन्, अति आवश्यक रहेछ भने घरसम्म पु¥याइदिन्छु ।’ बजारमा अक्सिजन सिलिन्डर कम भएका कारण नपाएपछि सर्वसाधारणले आफूलाई फोन गर्ने उनले बताए ।

कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझेर मात्रै अक्सिजन दिइने गरेको उनले बताए । ‘स्वास्थ्यकर्मीको टिमले अक्सिजन लेभलको जाँच गर्छ, आवश्यक छ भने हामी पुग्छौँ,’ उनले भने, ‘हामीसँगै हुने स्वास्थ्यकर्मीले अक्सिजन जोडिदिन्छन् ।’ आफू राति पनि अक्सिजन पु¥याउन खटिएको उनले बताए ।

विराटनगर महानगरपालिकामा दैनिक दुई सयभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिरहेको छ । सोमबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय ५७ पुगेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!