वीरगन्जमा एक साता निषेधाज्ञा

बिहान १० बजे सम्म मात्र खोल्न पाइने

Radio Nagarik 100.4 MHz मंगलबार, बैशाख १४, २०७८

वीरगन्ज : वीरगन्जमा कारोना भाइरस (कोभिड-१९) संक्रमण र त्यसबाट हुने मृत्यु दर बढ्दै गएपछि स्थानीय प्रशासनले बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएको छ।

मङगलवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्साले एक हप्ताका लागि निधेषज्ञा लगाउने निर्णय गरेको हो।

वैशाख १६ गते बिहीबार बिहान ४ बजे देखि वैशाख २२ गते मध्यरात १२ बजेसम्म वीरगन्जसहित पर्सा जिल्लामा निधेषज्ञा लगाउने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए।

निषेधाज्ञाको अवधिमा औषधि उपचार एंव अति आवश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिड्डुल गर्न पाइने छैन।

निषेधाज्ञाको समयमा औषधि र खाद्यवस्तु सम्बन्धि पसलबाहेक अन्य सबै पसल, व्यवसाय र बजार बन्द रहने स्थानीय प्रशासनको निर्णयमा उल्लेख छ। खाद्यवस्तुका पसल भने बिहान १० बजे सम्म मात्र खोल्न पाइने छ।

निषेधाज्ञामा सवारी साधनको हकमा भने स्वास्थ्य सेवा, त्यससंग सम्बन्धित कर्मचारीले प्रयोग गर्ने सवारी सधान, एम्बुलेन्स, दमकल, शव वाहन, फोहोर मैला व्यवस्थापन, खाद्यान्न र फलफूल, पेट्रोलयम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायतका ढुवानीका सवारी साधन मत्र सन्चालनमा ल्याउन पाइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

स्थानीय प्रशसनको अनुमति प्राप्त पास लिएका बाहेकका निजी तथा सार्वजनिक यातायातका सवारी साधन पनि सन्चालन गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ।

बैठकले भारतबाट वीरगन्ज नाका हुदै आएकालाई राख्नका लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाली सेनाको नेतृत्व र व्यवस्थापनमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय पनि गरेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए ।

भारत तथा अन्य मुलुकबाट आफनो पालिकामा आएकालाई सम्बन्धित पालिकाले सामुदायिक आइशोलेसन सेन्टरमा वा होम आइशोलेसनमा कम्तिमा १० दिन राख्नु पर्ने निर्णय पनि डिसीएमसीको बैठकले गरेको छ ।

यस्तै कोरोना संक्रमितको उपचारका लागि वीरगन्जमा कम्तिमा २ सय बेड क्षमताको कोभिड स्थायी अस्पताल निर्माण र सञ्चालनका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको श्रीवास्तवले जानकारी दिए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!