लक्ष्मी पुजाको अवसरमा निकालिने कलश यात्रा तयारी पुरा

Radio Nagarik 100.4 MHz बुधबार, कार्तिक २२, २०८०

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ को रहेको देवानगञ्ज बजारमा काली मन्दिरबाट निकालिने कलश यात्राको तयारी पुरा भएको छ । लक्ष्मी पुजाको अवसरमा हजारौँको सहभागिता निकालिने कलश यात्रा तथा मेला भव्य हुने भएको छ । श्रीकाली पूजा समिति देवानगञ्जको आयोजनामा यही २०८० साल कार्तिक २३ गते देखि काली पुजा तथा रमाइलो मेला हुने सम्पुर्ण तयारी पूरा भएको पूजा तथा मेला आयोजक समितिका रवी मिश्राले जानकारी दिनुभयो ।

देवानगञ्ज वडा नं– २ मा मनाउँदै आएको श्री काली पुजा समितिले यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री काली पुजा तथा मेला व्यवस्थापन समितिले तयारीमा जुटेको आयोजक समितीले जानकारी दिएको छ ।

काली पूजा समितिका संस्थापक रहेका मनोज भगतले यही कार्तिक २२ गते बुधबारका दिन पूजा शुभारम्भ तथा प्रसाद ग्रहण हुने साथै दुई दिन सम्म बिहान र बेलुकी पूजा आरती र भजन सन्ध्याको कार्यक्रम रहने जानकारी दिनुभएको छ ।

उक्त काली पुजा तथा मेलामा भारतको बिहार राज्य स्थित जोगवनीबाट श्री महाकाल त्रिनेत्री झाकी गुरूप द्वारा विभिन्न धार्मिक नित्य गर्नुका साथै कलाकारहरूबाट भजन सन्ध्या प्रस्तुत गर्ने समेत भगतले जानकारी दिनुभएको छ ।

उक्त श्री काली पुजा तथा मेला कार्तिक २३ गते बिहीबारका दिन देवानगञ्ज बजार परिक्रमा गरेर नजिकै रहेको बुढी खोलामा एक हजार भन्दा बढी कलश यात्रालाई सहभागी गराई कलश भरी मन्दिरमा राख्ने आयोजकले जनाएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!