जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखको भुइँचालोमा मृत्यु

Radio Nagarik 100.4 MHz शनिबार, कार्तिक १८, २०८०

विरानगर । शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो।

उहााका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो।

उपमेयर सिंहका काका जय सिंहले पनि भुइँचालोमा परेर उनको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, नलगाड नगरपालिकाका सूचना प्रविधि अधिकृत जुना शाहीले पनि उपमेयर सिंहको मृत्यु भएको बताइन्।

नलगाड नगरपालिका ८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३६ जनाको ज्यान गएको पुष्टि भएको छ।

रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ।

हामीलाई प्राप्त पछिल्लो विवरणअनुसार जाजरकोटको कुशे गाउँपालिका ७ धनरासेमा घरहरू भत्किँदा ७ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो।
‘घरहरू धेरै भत्किएका छन्,’ उनले भने, ‘घाइतेहरूबारे पूर्ण जानकारी आएको छैन, हामी सूचना लिँदैछौं।’

जाजरकोटकै भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले विभिन्न वडामा घर भत्किँदा ९ जनाको मृत्यु भएको जानकारी दिनुभयो।

विभिन्न वडाबाट आएको विवरणअनुसार अहिलेसम्म ९ जनाको मृत्यु भएको छ, बाँकी विवरण संकलन हुँदैछ,ु उनले भने, ुहामी उद्धारमा लागिरहेका छौं।

मेयर घर्तीका अनुसार जाजरकोट जिल्ला अस्पताल घाइतेहरूले भरिएको छ। जिल्ला अस्पतालमा सयौंको संख्यामा घाइतेहरू रहेको उहाँले बताउनुभयो।

तत्काल भेरी नगरपालिकाका वडा नम्बर ३ र ४ बाहेक अन्यत्र उद्धार टोली जान नसकेको र वडा नम्बर १ र २ मा पनि हताहतीको खबर आएको उहाँले जानकारी दिनुभयो। हताहती निकै भएको देखिएको छ, अस्पताल पनि खचाखच भरिएको छ, उहाँले भन्नुभयो।

त्यस्तै, रूकुमको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ।

अहिलेसम्म तीनवटा वडामा गरेर १३ जनाको मृत्यु भएको खबर आएको छ। पूर्ण विवरण अझै आइसकेको छैन, उनले सेतोपाटीसँग भनिन्, कुन ठाउँमा कति घर क्षति भयो भन्ने पनि स्पष्ट भइसकेको छैन। हामी उद्दारका लागि उपलब्ध सबै संयन्त्र परिचालन गरिरहेका छौं।

रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पाँच जनाको मृत्यु भएको त्यहाँका प्रहरी प्रवक्ता इन्सपेक्टर धर्मेन्द्र खड्काले जानकारी दिए। उहाँका अनुसार वडा नम्बर १ मा चार जना र वडा नम्बर २ मा एक जनाको मृत्यु भएको हो। त्यहाँ कम्तिमा दस जना घाइते छन्।

खड्काका अनुसार सानीभेरी २ परियार टोलकी १२ वर्षीया मनिषा परियार, सानीभेरी १ चाइनाबगर टोलका ३१ वर्षीया धनवीर पुन, २८ वर्षीया चुम्निमा पुन, ८ वर्षीय यमराज पुन र २ वर्षीय शितल पुनको घरमा च्यापिएर मृत्यु भएको हो।

जाजरकोटको खलंगामा पनि केही घर भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले जानकारी दिए। सल्यान र रोल्पामा पनि केही घर भत्किएको त्यहाँका प्रहरीले बताएको छ।

नगलगाड नगरपालिका ४ का वडाध्यक्ष बद्री पन्तका अनुसार उनको वडामा मात्र २४ भन्दा बढी घर भत्किएका छन्। मानवीय क्षतिको खबर भने नआएको उनले बताउनुभयो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!